नयाँ सरकार गठनको कसरत, कांग्रेसको पदाधिकारी बैठक बस्दै

नयाँ सरकार गठनको कसरत, कांग्रेसको पदाधिकारी बैठक बस्दै
सांकेतिक तस्बिर
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ सरकार निर्माणको कसरत भएपछि सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा आज दिउँसो पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका हुन्।

संवादहीनको अवस्थामा रहेको नेपाली कांग्रेस पछिल्लो समय एमालेका अध्यक्ष केपी शर्मा ओली र दोस्रो तहका नेताहरुबीच संवाद जारी राखेको छ। दोस्रो तहका नेताहरूबीच भएको संवाद सकारात्मक भएपछि शीर्ष नेताको छलफल अगाडि बढेको हो। शनिबार पनि एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको हो। उनीहरुबीच सैद्धान्तिक रुपमा सहमति अगाडि बढिसकेको स्रोतको भनाई छ। 

आजको बैठकमा सत्ता परिवर्तन र समसामयिक राजनीतिक विषयमा निर्णय हुने एक पदाधिकारीले जानकारी दिए। बैठकमा सभापति देउवाले ओलीसँग भएको छलफलबारे जानकारी गराउनेछन्। सरकार गठनको मोडालिटीको विषय आज छलफल हुने एक पदाधिकारीले अन्नपूर्ण पोस्ट्लाई बताए।

‘राजनीतिक स्थिरता दिनका लागि मुख्य दुई दलबीचको सरकार जनताले हेर्न चाहेका छन्। जनतामा प्रणाल प्रति नै वितृष्णा जागिरहेकाले दुई ठूला दलले  सरकार चलाउनु आवश्यक्ता रहेको छ।’ उनले भने,‘कसको नेतृत्वमा सरकार बन्ने र कुन मोडालिटीमा अगाडि बढ्ने भन्ने टुंगो लगाउन बाँकी रहेको छ। संवाद अगाडि बढिरहेको छ।’
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.