एकीकृत समाजवादी महाधिवेशन : बन्दसत्र सुरू
![एकीकृत समाजवादी महाधिवेशन : बन्दसत्र सुरू](https://annapurnapost.prixacdn.net/media/albums/yekikrei-samajbadi_3Wbwcz1Tef_bxyFxihhUA.jpg)
काठमाडौं : नेकपा एकीकृत समाजवादीको जारी महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको बन्दसत्रमा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक दस्तावेजमा छलफल गरिनेछ ।
पार्टीका पोलिटब्युरो सदस्य दिलु पन्तले बन्दसत्रमा प्रतिनिधिबीचमा दस्तावेज माथि छलफल गरिने जानकारी दिए। महाधिवेशनमा एक हजार आठसय ४९ प्रतिनिधि सहभागी छन् ।
पारित हुने सिद्धान्त, नीति तथा वैचारिक दृष्टिकोणका आधारमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारी चयन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)