मन्त्री उपस्थित नभएपछि प्रतिनिधिसभा बैठक स्थगित

मन्त्री उपस्थित नभएपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं : प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।  बैठकमा  एकजना मन्त्रीको पनि उपस्थित नभएपछि बैठक स्थगित भएको हो।

सभामुख देवराज घिमिरेले बैठकको प्रारम्भ भएको जानकारी गराएलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले मन्त्री उपस्थित नभएको ध्यानाकर्षण गराए। 

सांसद रामकृष्ण यादव बैठकको कामकारवाही सुरू नहुँदै सिटबाट उठेर बोल्न समय मागेका थिए। जवाफमा सभामुखले बैठक सुरू हुन बाँकी रहेको र सुरू भएपछि आफ्ना कुरा राख्न आग्रह  गरे।

लगत्तै सभामुखले बैठक प्रारम्भ भएको घोषणा गरे। यसपछि  समय पाएका सांसद यादवले प्रतिनिधिसभा बैठकमा मन्त्रीको उपस्थिति नभएको भन्दै  ध्यानाकर्षण गराए। उनले भने, ' प्रतिनिधिसभा बैठकमा मन्त्रिपरिषदको एकजना सदस्य रहने व्यवस्था छ। एकजना पनि  नभएको कारण ध्यानाकर्षण गराउँछु।'

त्यसपछि सभामुख घिमिरेले ध्यानाकर्षण भएको भन्दै बैठक १५ मिनेटका लागि स्थगित गरेको घोषणा गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.