सांसदमा खतिवडाको प्रश्न : अगाडिको 'रो' खाली छ,मन्त्री र शीर्ष नेताहरू खोइ ?

सांसदमा खतिवडाको प्रश्न : अगाडिको 'रो' खाली छ,मन्त्री र शीर्ष नेताहरू खोइ ?
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रतिनिधिसभा बैठकमा मन्त्री र शीर्ष नेताहरूको खोजि गरेका छन् । बैठकको विशेष समयमा समय लिएर बोल्दै सांसद खतिवडाले  आजको बैठकमा शून्य समय र विशेष समयमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची भएपनि मन्त्रीहरू नै अनुपस्थित हुनु लाजमर्दो भएको टिप्पणी गरे।

उनले मन्त्रीहरूको खडेरी परेको भन्दै मन्त्रीहरुको अनुपस्थितको कारण खोजिनुपर्ने बताए।

'हामीलाई यो प्रतिनिधिसभाको संभावित कार्यतालिका भनेर उपलब्ध गराएको आजको कार्यसूचीमा शून्य समयपश्चात  शून्य समय र विशेष समयमा उठेका प्रश्नको जवाफ भनेर उल्लेख गरिएको छ। तर, अगाडिको रोमा हेर्छु। सभामुख महोदय मन्त्रीहरूको खडेरी लागेको छ। कही औषधी उपचार  गर्न जानु भएको छ कही कतै जानु भएको थाहा छैन,'उनले भने,' शीर्ष नेताहरूको पनि अगाडिको बेन्चमा अनुपस्थित देखिन्छ। कार्यतालिका अनुसार सदन पनि प्रवेश गरेन यसमा जानकारी पाए अझ खुसी हुन्थे।'

त्यसपछि सभामुख देवराज घिमिरेले उठान भएको विषयमा ध्यानाकृ्ष्ट भएको बताए। उनले यस विषयमा खोजिनिधि गरिने बताए।

एकजना पनि मन्त्री नआएपछि  यसअघिको बैठक १५ मिनेटका लागि स्थगित भएको थियो। अहिले दोस्रो बैठक चलिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.