देउवा र ओलीबीच भेटघाटको विषय संसदमा प्रवेश, सांसदहरू भन्छन्- स्वभाविक रुपमा लिनुपर्छ


काठमाडौं : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटलाई लिएर राजनीतिवृत्त तरंगित बनेको छ। दुई नेताबीचको भेटलाई नेताहरूले स्वभाविक रहेको प्रतिक्रिया जनाए पनि नेकपा माओवादी केन्द्र भने थप आशंकित बनेको छ। 

सत्ता परिवर्तनको चर्चा चलिरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सत्तारुढ एमाले अध्यक्ष ओलीसँगको भेटलाई बाक्लो बनाएका छन्। आइतबार प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका ओलीले आज बिहान पुन: छलफल गरेका छन्। उनीहरूबीच भएको कुराकानीलाई सार्वजनिक गरिएको छैन। प्रचण्ड सचिवालयले भने टीरआरसी विधेयक र समसामयिक राजनीति विषयमा छलफल भएको जनाएको छ।

यता आइतबार बेलुका कांग्रेस र एमालेका नेताहरूबीच पनि संवाद भएको थियो। सो लगत्तै आज बिहान प्रचण्ड र ओलीबीच पुन: भेटवार्ता भएको हो। 

उनीहरू बीच भएको भेटघाटको विषय संसदमा समेत प्रवेश गरेको छ। आजको बैठकमा कांग्रेस सांसद दिपक गिरी र माओवादी सांसद माधव सापकोटाले शीर्ष तहको भेटघाटलाई सकारात्मक र स्वभाविक रुपमा लिनुपर्ने बताएका छन्। 

नेपाली कांग्रेसका सांसद दीपक गिरीले ठूला दलहरुबीचको छलफललाई सकारात्मक रुपमा लिनुपर्ने बताए।  गिरीले निर्वाचन प्रणालीमा सुधार गर्नेलगायतका महत्वपूर्ण विषयमा संविधान संशोधन गर्न जरुरी रहेको भन्दै यसका लागि ठूला दलहरुबीच भएको छलफललाई सकारात्मक रुपमा लिनुपर्ने धारणा व्यक्त गरे।

एमाले र कांग्रेसबीचको सहकार्यको माध्यमबाट देशमा देखिएको निरासा र वेथितिको अन्त्य हुने भन्दै उनले यसका लागि छलफल सुरु भएको जिकिर गरे।  दुईदलबीचको छलफलले नयाँ आशाको सञ्चार जागृत भएको उनको भनाइ छ ।

सांसद  सापकोटाले राजनीतिक दलबीच भएको छलफललाई सत्तासँगमात्रै जोडेर हेर्न नहुने बताए।  सापकोटाले पछिल्लो राजनीतिक घटनाक्रमलाई सत्तासमिकरण फेरवदलको रुपमा चर्चा गर्ने गरिएको भन्दै शीर्ष नेताहरुबीच छलफल हुँदा सत्तामा मात्रै जोडेर हेर्न नहुने बताए । उनले अहिले नै सत्तासमीकरण फेरवदलको चर्चामा सत्यता नरहेको पनि बताए। 

सापकोटाले भने,'देशमा संकट आउँदा र सहमति गर्नुपर्दा शीर्ष तहबीच छलफल हु्न्छ। उहाँहरूबीच नेपालको शान्ति प्रक्रिया टुंग्याउने विषयमा छलफल बाक्लिएको हो।'सापकोटाले शान्ति प्रक्रिया माओवादीको मात्रै विषय नभएकाले सिंगो राष्ट्रका लागि पनि यसलाई निष्कर्षमा पुराउनुपर्ने धारणा राखे।

उनले भने,‘तुरून्तै दुईजना नेताहरू बस्न बित्तिकै पूरै सत्ताको समीकरण उलटफेर हुने, सत्ताको समीकरण नै बदलिने, त्यस्तो परिस्थितिका रूपमा हाम्रो जे भाष्य बनाउने,विश्लेषण बिना नै निष्कर्षमा पुग्ने जे परिपाटी छ। यसले समग्र समाजमा स्थिरताको मानसिकता दिँदैन। त्यसमा सत्यता छ मलाई त्यस्तो पनि लाग्दैन।’ 

शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउनका लागि दलहरुबीच सहमतिको वातावरण बन्नुपर्ने उनको भनाइ छ । उनले दलहरुबीचको छलफलले राष्ट्रिय मुद्दाहरुमा साझा धारणा बनाउनुपर्नेमा जोड दिए । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.