होन्डा कारको मनसुन सर्भिस क्याम्प सुरु, यस्तो छ सुविधा
![होन्डा कारको मनसुन सर्भिस क्याम्प सुरु, यस्तो छ सुविधा](https://annapurnapost.prixacdn.net/media/albums/honda-car_z754B3OVj3_NI3YypuqQr.jpg)
काठमाडौं : होन्डा गाडीको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले मनसुन सर्भिस क्याम्प सुरु गरेको छ।
आजबाट सुरु भएको उक्त क्याम्प २१ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ। क्याम्प धोविघाटस्थित होन्डा शोरुममा सञ्चालन भएको हो।
५ दिनसम्म चल्ने उक्त क्याम्पमा ग्राहकले गाडीको सर्भिसिङ एवं स्क्यानिङ, एयर ब्याग, ब्याट्री हेल्थ चेकअप, टायर निरीक्षणको साथै विभिन्न ३२ प्वाइन्ट निरीक्षण निःशुल्क रूपमा गराउन पाउनेछन्।
यसैगरी, गाडीको मर्मत सम्भार गराउँदा फेर्नुपर्ने पेयर पार्ट्समा ७ प्रतिशत छुट, लेवर चार्जमा १५ प्रतिशत र लुब्रिकेन्ट्समा ५ प्रतिशत छुट पाइनेछ। साथै, डेन्टपेन्टमा १५ प्रतिशत र एसि रिफिलमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)