प्रतिनिधिसभाको सचिवमा सुरेश अधिकारी सिफारिस

प्रतिनिधिसभाको सचिवमा सुरेश अधिकारी सिफारिस
सुन्नुहोस्

काठमाडौं : पूर्वसचिव सुरेश अधिकारी प्रतिनिधिसभाको सचिव पदमा नियुक्तिका लागि सिफारिस भएका छन्। सभामुख देवराज घिमिरेले पूर्वसचिव अधिकारीलाई सचिव पदमा नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज सिफारिस गरेका हुन्।

सभामुखले राष्ट्रपतिसमक्ष नेपालको संविधानको धारा १०६ तथा संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ३ बमोजिम सङ्खुवासभा खाँदवारी नगरपालिका वार्ड नम्बर २ निवासी अधिकारीलाई प्रतिनिधि सभाको सचिव पदमा नियुक्तिका लागि सिफारिस गरिएको सभामुखको सचिवालयले जनाएको छ।

प्रतिनिधि सभा सचिव पद्मप्रसाद पाण्डेय संघीय संसदको महासचिव नियुक्त भएपछि २०८० साल माघ २३ देखि सो पद रिक्त थियो ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.