पदमा रहेसम्म स्वास्थ्य क्षेत्रको सुधारमा लाग्छु : मन्त्री यादव

पदमा रहेसम्म स्वास्थ्य क्षेत्रको सुधारमा लाग्छु : मन्त्री यादव
सुन्नुहोस्

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले स्वास्थ्य क्षेत्रको पुराना संरचनालाई व्यवस्थित  गर्न ध्यान केन्द्रित गरेको बताएका छन्।

सोमबार मन्त्रालयमा सञ्चारकर्मीसँग छलफल गर्दै उनले अहिलेको राजनीतिक अस्थिरताका कारण नयाँ पूर्वाधार निर्माणमा भन्दा पनि भएरहेका पूर्वाधारहरूलाई व्यवस्थित गर्दै स्वास्थ्य क्षेत्रको सुधारमा ध्यान केन्द्रित गरेको बताइ।

राजनीतिक तरंगले आफूलाई कुनै फरक नपार्ने भन्दै मन्त्री यादवले आफू पदमा रहेसम्म यस क्षेत्रको सुधारमा लाग्ने बताए। उनले सरकारी अस्पतालमा बेडको अभाव हटाउने, सहुलियत रूपमा औषधी वितरण हुनुपर्ने भएकाले आफू निरन्तर अनुगमनमा हिँडेको र केही सुधारका संकेत प्राप्त भएको बताए। 

मन्त्री यादवले स्वास्थ्य क्षेत्रमा जनशक्ति अभावलाई ध्यान दिँदै ९२ हजारभन्दा बढी जनशक्ति थप गर्ने गरी अर्थमा प्रस्ताव पठाएको बताए। उनले स्वास्थ्य बीमामा देखिएको समस्यालाई पनि समाधान गर्ने गरि अघि बढेको दाबी गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.