एकीकृत समाजवादीको महाधिवेशन- प्रतिवेदनमाथि सामूहिक छलफलको तयारी

एकीकृत समाजवादीको महाधिवेशन- प्रतिवेदनमाथि सामूहिक छलफलको तयारी
सुन्नुहोस्

काठमाडौं : नेकपा एकीकृत समाजवादीको दसौं राष्ट्रिय महाधिवेशनको दोस्रो दिन विभिन्न प्रतिवेदनहरू प्रस्तुत गरिएको छ।

काठमाडौंको प्रज्ञा भवनमा जारी महाधिवेशनअन्तर्गत बन्द सत्रमा अध्यक्षको राजनीतिकलगायत विभिन्न प्रतिवेदनहरू प्रस्तुत गरिएको हो। प्रतिवेदनमाथि विभिन्न समूहमा मंगलबार दिउँसोसम्म छलफल हुने उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।

समूहगत छलफलपछि मंगलबार नै सामूहिक निष्कर्ष प्रस्तुत हुने भन्दै त्यसका आधारमा परिमार्जन गरी प्रतिवेदन पारित गर्ने बताए। उनले विभिन्न प्रतिवेदन पारित भएपछि निर्वाचन प्रक्रिया सुरु हुने जानकारी दिए। नयाँ नेतृत्वका चयनका लागि सहमतिको अधिकतम प्रयास गर्ने र सहमति हुन नसके निर्वाचन प्रक्रियामा जाने गरि तयारी गरिएको खतिवडाले बताए। 

यसअघि सोमबार नै समाजवालीले महाधिवेशन सम्पन्न गर्न पार्टीका सम्मानित नेता झलनाथ खनालको अध्यक्षतामा १३ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको थियो। अध्यक्ष मण्डलले सम्पूर्ण महाधिवेशन सञ्चालन गर्न विभिन्न संयन्त्र बनाउने तथा विधान र प्रतिवेदनमाथि छलफलबाट सुझाव लिई दस्ताबेज बनाएर पारित गर्ने जिम्मेवारी रहेको छ। नयाँ नेतृत्व चयन गर्दै नेकपा एकीकृत समाजवादीको महाधिवेशन असार २० गतेसम्म सम्पन्न गर्ने तय भएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.