लागुऔषधसहित पाँचजना पक्राउ

लागुऔषधसहित पाँचजना पक्राउ
सुन्नुहोस्

धरान : सुनसरीको धरानबाट लागूऔषधको कारोबारमा संलग्न पाँचजना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा सुनसरीको धरान-८ का ३६ वर्षीय सुनिल श्रेष्ठ र २३ वर्षीय दीपक विश्वकर्मालाई १ ग्राम ब्राउन सुगरसहित  पक्राउ गरिएको डीएसपी मानबहादुर राईले बताए। 

यैगरी भोक्राहा नरसिंह गाउँपालिका-६ का २४ वर्षीय नाजम अन्सारी र बुढीगंगा मोरङका ३० वर्षीय अजय कुमार देवलाई नियन्त्रित औषधी स्पास्मो २५४ टयाब्लेट, ३९ हजार रुपैयाँ र प्र १-०२-०४९ प ११३ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको उनले बताए। 

धरान-१५ का २७ वर्षीय कबिर तामाङलाई ट्रामाडोल ९० क्याप्सुल, स्पास्मो ९० टयाब्लेट र गाँजा १०० ग्रामसहित पक्राउ गरेको हो। पक्राउ परेका उनीहरूको थप अनुसन्धान कार्य भइरहेको डीएसपी राईले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.