पदाधिकारी बैठकमा देउवाले भने- बालकोटमा सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको छ

पदाधिकारी बैठकमा देउवाले भने- बालकोटमा सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको छ

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटबारे पदाधिकारी बैठकमा ब्रिफिङ गरेका छन्। देउवा निवासमा सोमबार बसेको बैठकमा सभापति देउवाले ओलीसँग सौहार्दपूर्ण वातावरणमा छलफल भएको ब्रिफिङ गरेका हुन्।

कांग्रेसका सूचना विभाग प्रमुख मीन विश्वकर्माका अनुसार ओलीले चिया खान बोलाएपछि देउवा शनिबार दिउँसो बालकोट गएका थिए। 'सभापतिजीले चिया खान बोलाएपछि बालकोट गएको भन्नुभएको छ। उहाँले सौहार्दपूर्ण वातावरणमा भेटघाट भएको र यसका बारेमा धेरै चर्चा नगर्न भन्नुभएको छ,' उनले भने।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भने कांग्रेस ठूलो पार्टी भएकाले सरकारको नेतृत्व गर्नु सामान्य कुरा भएको बताए। उनले त्यसका लागि विभिन्न दलहरूसँग छलफल पनि भइरहेको बताए। यद्यपि, मुद्दाको प्राथमिकता र दीर्घकालसम्म जाने सम्भावना नभएसम्म सत्ता समीकरणका विषयमा प्रवेश नगर्ने उनको भनाइ छ। 

'सत्तामा नेपाली कांग्रेस हुनुपर्छ, नेतृत्व लिनुपर्छ भन्ने कुरा ठूलो भएन। यस विभिन्न दलसँग छलफल गरिरहेका छौं। सत्तामा जानका लागि हाम्रो प्राथमिकताको विषय भनेको दीर्घकालसम्म जाने अवस्था हो कि होइन भन्ने हो। यस विषयमा बोल्नु परिपक्व भएको छैन। मुद्दा बलियो नभएसम्म कांग्रेसको प्राथमिकतामा सरकार हुँदैन। अस्थिरताको अन्त्य गर्नेसक्ने अवस्थामा मात्रै यो विषयलाई विचार गर्न सकिन्छ,' प्रवक्ता महतले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.