कांग्रेसले भन्यो- बिआरआई ऋणमा चाहिँदैन

कांग्रेसले भन्यो- बिआरआई ऋणमा चाहिँदैन
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसले चीनको बिआरआई परियोजना ऋणमा स्वीकार्य नहुने बताएको छ। सभापति शेरबहादुर देउवा निवासमा सोमबार भएको पदाधिकारी बैठकले बिआरआई ऋणमा लिन नसकिने निष्कर्ष निकालेको हो।

बिआरआई पूर्ण अनुदानमा मात्रै स्वीकार गर्न सकिने कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले ताए। 'सरकारले बिआरआईका बारेमा केही गृहकार्य गरिरहेको थाहा पाएका छौं। यही बेला चीनका उपविदेशमन्त्री पनि नेपाल आउनुभएको थियो। कांग्रेसले बिआरआई अनुदानमा मात्रै स्वीकार गर्छ। नेपालमा ऋणको बोझ धेरै भइसक्यो। ऋणको आकारलाई अझै बढाएर लानु हुँदैन,' महतले भने।


उनले थप ऋण लिएर बिआरआई परियोजना अगाडि बढाउन नकसकिने बताए। लामो समयका लागि लिएका ऋणहरू नै तिर्न नसकिरहेका बेला थप ऋण लिनु राम्रो नभएको उनको भनाइ छ। 'अहिले ऋण लिएर जाने अवस्था छैन। विश्व बैंक र एडीबीबाट लिएको ऋण पनि उपयोग गर्न सकेका छैनौं। थप ऋण लिएर विकास निर्माणको काम अगाडि बढाउन सकिन्न। अनुदान सहयोग लिएरमात्रै बिआरआई अगाडि बढाउनुपर्छ,' उनले भने।

कांग्रेसले पहिल्यैदेखि बिआरआई अनुदानमामात्रै स्वीकार गर्ने बताउँदै आएको छ। तत्कालीन प्रधानमन्त्री शेरबहादेर देउवाले चिनियाँ विदेशनमन्त्री वाङ यीसँग भेटमा पनि ऋणमा बिआरआई लिन नसकिने बताएका थिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.