ओखलढुंगामा पहिरोले ४ घर पुरिए, २३ परिवार विस्थापित

ओखलढुंगामा पहिरोले ४ घर पुरिए, २३ परिवार विस्थापित
सुन्नुहोस्

ओखलढुंगाः अविरल वर्षापछि गएको पहिरोले ओखलढुंगाको चार वटा बस्ती जोखिममा परेका छन्। आइतबारको वर्षाले बस्ती माथिबाट आएको पहिरोले मोलुङ गाउँपालिका-७ पात्लेस्थित ४ घर पुरिएका छन् भने २३ परिवार विस्थापित भएका छन्। 

पहिरोले घरसँगै पशु चौपाया बगाएको छ भने मानवीय क्षति भने नभएको वडाध्यक्ष हेमबहादुर सुनुवारले बताए। सुनुवारका अनुसार पहिरोले पहरी बस्तीका चार घर, धनमाल र पशु चौपाया पुरिएका छन्। हल गोरुसहित दर्जन बढी पशु चौपाया पहिरोमा पुरिएका छन्। धनमालको क्षति आकलन हुन बाँकी छ। 

बस्तीका अरू ३ घर आधाजसो भत्किएका छन्। बस्तीमाथि पहिरो खस्न थालेपछि स्थानीयले भागेर जोगिएका थिए। गैरीडाँडा जेसे, पहरी बस्ती, गुरुङबारी र तामाङ बस्ती पहिरोको चपेटामा छन्। पहिरोको जोखिममा परेका २३ परिवारलाई सुरक्षित स्थानमा सार्ने काम भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ। 

पहिरोले घरसँगै पशु चौपाया बगाएका स्थानीयलाई आवास र खाद्यान्नको समस्या भएको छ। बस्ती नै जोखिममा भएपछि त्रिपालको सहायतामा उनीहरूले बारीमा रात कटाउनुपर्ने बाध्यता रहेको छ। गाउँ पुरै जोखिममा रहेकाले स्थानीयलाई सबैभन्दा ठूलो आपत् आएको स्थानीय शेरबहादुर पहरीले बताए। 

लगातारको वर्षाका कारण ग्रामीण सडक भत्किएका छन् भने सडक खनेकै कारण बस्तीमा पहिरो समेत जान थालेको छ। सडक निर्माणकै कारण पात्लेका बस्ती जोखिममा परेको स्थानीयको भनाइ छ। यस अघि चिशंखुगढीको वडा नम्बर ५ मा पहिरोले घर बगाउँदा एकै घरका बाबु छोरी गम्भीर घाइते भएका थिए भने आमाको ज्यान गएको थियो। 

त्यस्तै आइतबारको वर्षातका कारण चिशंखुगढीको माम्खास्थित ठुल्ढुंगामा गएको पहिरोले २० जोखिममा परेका छन्। सिंगो गाउँ नै उच्च जोखिममा परेको स्थानीयले बताए र घर आँगन बारीका कान्ला छुट्टिने गरि बस्तीसहित पाखै सरेको छ। बस्ती नै स्थानान्तरण गर्नु पर्ने अवस्था रहेको भन्दै स्थानीयले सहयोगको अपिल गरेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.