मन्त्रिपरिषद्‍मा प्रधानमन्त्रीको ब्रिफिङ- बाहिर फैलाइएका भ्रमहरू सत्य होइनन्, गठबन्धन लामो समय जान्छ

मन्त्रिपरिषद्‍मा प्रधानमन्त्रीको ब्रिफिङ- बाहिर फैलाइएका भ्रमहरू सत्य होइनन्, गठबन्धन लामो समय जान्छ
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो राजनीतिक अवस्थाबारे मन्त्रिपरिषद् बैठकमा ब्रिफिङ गरेका छन्। कांग्रेस-एमाले नेतृत्वको गठबन्धन बन्ने विषय उठेपछि प्रधानमन्त्री दाहालले मन्त्रीहरूसँग ब्रिफिङ गरेका हुन्।

उनले बाहिरी हल्लाहरूमा कुनै सत्यता नभएको स्पष्ट पारेका छन्। 'प्रधानमन्त्रीले समाचारहरूमा आएका विषयमा ब्रिफिङ गर्नुभएको छ। जुन हल्ला र भ्रमहरू फैलाइएका छन्, त्यसमा सत्यता छैन भन्नुभएको छ। उहाँ(प्रधानमन्त्री)ले यो गठबन्धन लामो समय जन्छ भन्नुभएको छ,' सरकारका प्रवक्ता रेखा शर्माले भनिन्।

प्रवक्ता शर्माले एमाले मन्त्रीहरूलाई बालकोट बोलाइएको कुरा पति सत्य नभएको बताइन्। 'क्याबिनेटमा बसिरहनुभएका एमाले मन्त्रीहरू पनि बालकोट बोलाइएका समाचार हेरेर छक्क पर्नुभयो। सबै समाचार सत्य नहुँदा रहेछन्,' उनले भनिन्।

शर्माले राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा कुनै छलफल नभएको बताइन्। एमाले अध्यक्ष केपी ओली शर्मालाई प्रधामन्त्री बनाउने कुरा पनि सत्य नभएको उनले प्रष्ट पारिन्। 'आज विहान प्रधानमन्त्री र केपी शर्मा ओलीजीबीचको भेटमा ओलीलाई प्रधानमन्त्री बनाउने प्रस्तावका कुरा पनि बाहिर आएका छन्। ती कुरा पनि सत्य छैन,' प्रवक्ता शर्माले भनिन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.