रोल्पामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

रोल्पामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

रोल्पा : रोल्पाको पश्चिम तालाबाङ परेवा छहरामा लु १ ज ३२५२ नम्बरको जिप दुर्घटना हुँदा एक बच्चासहित ६ जनाको मृत्यु भएको छ।

सोमबार दिउँसो ४ बजे माडी गाउँपालिका-३ परेवा छहरा नजिकै जीप सडकबाट करिब ४ सय मिटर तल खसेको थियो। जिल्ला प्रहरी कार्यालयका अनुसार माडी गाउँपालिका-२ घर्तिगाउँ बजारबाट तालावाङ जाँदै गरेको जिप दुर्घटना भएको हो।  

दुर्घटना स्थलमै ५ जनाको ज्यान गएको हो। उपचारका लागि उद्धार गरी घर्तिगाउँ समृती हस्पिटल ल्याइएका १ जना घाइतेको मृत्यु गएको छ। घाइते ५ जनालाई रेउघा अस्पताल पठाइएको माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तीले जानकारी दिए।

प्रहरीका अनुसार मृतकको सनाखत भइसकेको छैन। दुर्घटनामा परेकाको स्थानीयले उद्धार गरिरहेका छन्। दुर्घटनाको खबरपछि इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट प्रहरी घटनास्थल पुगेर उद्धार गरिरहेको जनाइएको छ। दुर्घटनाका के कारणले भएको भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनास्थल सदरमुकाम लिबाङबाट करिब ३५ किलोमिटर पश्चिम पर्दछ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.