धरानमा गाई चोरेर काटेको आरोपमा दुई जना पक्राउ

धरानमा गाई चोरेर काटेको आरोपमा दुई जना पक्राउ
सुन्नुहोस्

धरान : सुनसरीको धरान उपमहानगरपालिका-६ को पानाबारीमा गोठमा बाँधिराखेको गाई काटेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धरान–१७ की सपना लिम्बू र धरान–१३ का राजकुमार विक रहेका छन्।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी मानबहादुर राईका अनुसार स्थानीय सीता पौडेलको गोठमा रहेको गाई चोरी गरेर आइतबार राति काटिएको हो। मासुसहित पक्राउ परेका उनीहरूमाथि अनुसन्धान भइरहेको डीएसपी राईले बताए। 

पौडेलको घर भन्दा १५ मिनेटको दूरीमा गाई गोठ रहेको र खाना खान घर गएको समयमा आइतबार बेलुकी गोठबाट हराएको पौडेलले बताइन्। लिम्बू र बिकले गोठबाट गाई चोरेर जङ्गलमा लगेर काटेको प्रहरीले बताएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.