रोहिणी नदीमा डुबेर आयल निगमका मजदुर बेपत्ता

रोहिणी नदीमा डुबेर आयल निगमका मजदुर बेपत्ता
सुन्नुहोस्

भैरहवा : रुपन्देहीको बैकुण्डपुर क्षेत्रस्थित रोहिणी नदीमा डुबेर नेपाल आयल निगमको मजदुर बेपत्ता भएका छन्। नदीको बगरमा नेपाल आयल निगमले इन्धन भण्डारका लागि डिपो निर्माण कार्य सुरु गरेको छ। निगमले डिपो निर्माण थालेको उक्त जग्गामा बर्सेनि डुबान हुने गर्दछ।

सोही डिपो निर्माणकार्य गर्ने मजदुर मकवानपुर राक्सीराङ गाउँपालिका–८ का १९ वर्षीय सागर प्रजाको नदीमा डुबेर बेपत्ता भएको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी मनोहर भट्टले जानकारी दिए। 

‘दिउँसो साढे १२ बजे नदीमा तीन जना नुहाउन गएका थिए। एक जना मजदुर बेपत्ता भएका हुन्’ नेपाल आयल निगमको निर्माणाधीन डिपो आयोजनाका प्रमुख प्रदीप यादवले भने,’ ‘प्रहरीहरू आउनु भएको छ। बेपत्ता मजदुरको खोजी र घटनाको अनुसन्धान गरिरहनुभएको छ।’ बेपत्ता मजदुरको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली खटाइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.