प्रदेशहरूलाई तताउने एउटा प्रयास

प्रदेशहरूलाई तताउने एउटा प्रयास

नेपाल कृषि प्रधान मुलुक भन्दै आएको दशकौं भए पनि खाद्यान्न, दाल, तरकारी, फलफूललगायतका धेरै उपभोग्य वस्तुमा मुलुक आत्मनिर्भर बन्न सकिरहेको छैन । मुलुकको कुल गार्हस्थ्य उत्पादन वृद्धि गर्ने प्रमुख आधारका रूपमा मानिएको कृषि क्षेत्रमा बढ्दो परनिर्भरताका कारण यहाँको आर्थिक अवस्था सुधार हुन सकिरहेको छैन । आत्मर्निभर कृषिबिना नेपालको समग्र अर्थतन्त्र बलियो बनाउन असम्भव जस्तै छ । तर पनि मुलुकका केही प्रदेश र जिल्लाले पछिल्लो समय तरकारी तथा फलफूल उत्पादनमा निकै फड्को मारेका छन् । यो एउटा सुखद सन्देश हो ।

मुलुकका सातवटा प्रदेशमध्ये मधेस प्रदेश अहिले आँपमय बनेको छ । घर, बारी, फूलबारी, बगैंचा चारैतिर लटरम्म फलेका आँपका रूखहरूले एकातर्फ प्रकृतिको सुन्दरता अझ बढाएको छ भने अर्कोतर्फ रूखमै पाक्न थालेका आँपहरूको सुगन्धले जो कोहीलाई आकर्षित र खान लालायित गरेको छ । अर्थात् मधेस प्रदेश आँप उत्पादनमा मुलुककै अब्बल प्रदेशका रूपमा विकास भएको छ । अहिले मधेसको बजार होस् वा सर्वसाधारणको घर सबै ठाउँमा आँप भरिभराउ देख्न सकिन्छ । घरमा कोही पाहुना आउँदा आँपले नै स्वागत गरिन्छ । बिहान बेलुकाको खाजामा पनि आँप नै खाने चलन छ । मधेसको आँप देशभरिका बजारमा छ्यापछ्यापी छ ।

मधेसका मुख्य कृषि उत्पादनहरूमा बर्खेबाली धान, गहुँ, मकै, ऊखु छन् । अर्को प्रमुख नगदेबाली आँप हो । जसले किसानलाई मनग्य आम्दानी दिएको छ । आँप फलका रूपमा मात्रै खाइँदैन । यसका थरीथरीका परिकार बनाएर मधेसमा वर्षैंभरि प्रयोगमा ल्याउने गरिन्छ । आँपको टिकोला (चिचिला)देखि लिएर पाकेको फलसम्मलाई परिकार बनाउने गरिन्छ । ‘आँप त सदाबहार फल हो । यसको टिकोलाको चटनी, खट्टिमिठी बनाइन्छ । मधेसमा आँपको लोभलाग्दो अवस्थालाई अन्य प्रदेशले पनि सिको गर्न जरुरी छ ।

मधेसजस्तै मुलुकका सातै प्रदेशमा हावापानीअनुसारका फलफूलको व्यावसायिक खेती गर्न सकिन्छ । जुन पाठ बाँकी प्रदेशले सिक्न अब ढिला गर्नु हुँदैन । आयात गरिने फलफूलमा रोक लगाउने र मुलुकको अर्थतन्त्रलाई नै सबल बनाउने कुरामा पनि सबै प्रदेश सक्रिय हुनै पर्छ । यदि सबै प्रदेशले यसरी नै एक, दुई वा तीन भिन्न उत्पादनको हब बनेर पहिचान दिन सके भने एकातिर विषादीरहित उत्पादनले स्थान पाउँछ अनि अर्कोतिर आत्मनिर्भर देश पनि बन्छ । थप, मानवीय स्वास्थ्य पनि जोगिन्छ । नागरिकसँगै देशको स्वास्थ्य र समृद्धिका लागि पनि यी प्रयास सराह्रनीय बन्नेछन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.