सिन्धुलीमा कमला र चँदाहा नदीको बाढीले खतराको तह पार गर्‍यो, सतर्क रहन आग्रह

सिन्धुलीमा कमला र चँदाहा नदीको बाढीले खतराको तह पार गर्‍यो, सतर्क रहन आग्रह
सुन्नुहोस्

सिन्धुली : सिन्धुलीको कमला र चँदाह नदीमा पानीको सहतले खतराको तह पार गरेको छ। सोमबार मध्यान्नदेखि परेको पानीसँगै आएको बाढीले खतराको तह पार गरेको हो। 

जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार साँझ ७ बजेसम्ममा कमलानदीको रानिबास मापन केन्द्रमा ३ दशमलव ५९ मिटरसम्म बाढीको सतह पुगेको छ। यो खतराको तहभन्दा माथि हो। विभागका जलविद् भिमलाल पाण्डेका अनुसार कमलानदीमा ३ दशमलव ५ मिटरसम्मको बाढीलाई खतराको तह मान्ने गरिन्छ।

यस्तै सिन्धुलीको तिनपाटन स्थित चँदाहा नदीमा पनि बाढीले खतराको तह पार गरेको छ। यहाँ पनि साँझ ७ बजेसम्मको मापन अनुसार ३९८ दशमलव ३१ सम्म बाढीको सतह पुगेको छ। यो सुन्य दशमलव ३१ मिटर खतराको सतहभन्दा माथि हो। 

कमला नदीमा आएको बाढीका कारण सिन्धुलीको कमलानदी तटीय क्षेत्र दुधौलीको, मैनी, बेल्सोत, नीपाने, हत्पते, टाँडी, हर्षाही, सिर्थौली लगायतका क्षेत्र जोखिममा परेका छन्। यी क्षेत्रमा डुवान हुन सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरिएको छ। 

उता सिन्धुलीमा पछिल्लो ६ घण्टादेखि अत्याधिक वर्षात भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका जलविद् पाण्डेका अनुसार सिन्धुलीमाढीमा ८०, रानिबासमा ८० दुधौलीमा २१ मिलिलिटर वर्षा भएको छ। 

यस्तै बागमती नदिमा भने बाढीको जोखिम मध्यम रहेको बताइएको छ। सिन्धुलीमा लगातार वर्षात हुँदा कमला, बागमती र सुनकोसी नदिका साथै मरिण, रोसी र चँदाहा खोलाको बाढीको कारण नदी तटीय क्षेत्रका बस्तीहरू जोखिममा पर्ने गरेका छन्। यस्ता क्षेत्रमा हुने सम्भावित विपद्लाई ध्यानमा राखेर उच्च सतर्कता अपनाउन अनुरोध गरिएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.