एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिँदै, अल्पमतमा प्रचण्ड

एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिँदै, अल्पमतमा प्रचण्ड

काठमाडौं : नयाँ सत्ता समिकरण बन्ने भएपछि नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका छन्। सोमबार राति कांग्रेस-एमालेबीच सत्ता सहकार्य गर्ने सहमतिपछि आज राजीनामा दिने तयारी गरेको एमालेका एक मन्त्रीले जानकारी दिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा दिएर मार्ग प्रशस्त नगरे एमालेका मन्त्रीहरूले राजीनामा दिएर समर्थन फिर्ता लिन लागेका हुन्।

उनले भने,‘जनतालाई निराशाबाट हटाउन संसद्‌का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच गएराति नयाँ सत्ता समीकरण बनाउने समझदारी भएको छ। सोहि अनुसार केहीबेरमै हामी मन्त्रीहरूले सामुहिक राजीनामा बुझाउने गरी तयारी गरिरहेका छौं।’

एमालेबाट सचिव रघुवीर महासेठको नेतृत्वमा सरकारमा आठ मन्त्री सहभागी छन्। एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्रीमा  कानून न्याय तथा संसदीय मामिला मन्त्रीमा पदम गिरी, रक्षा मन्त्रीमा हरि उप्रेती, महिला बालबालिका मन्त्रीमा भगवती चौधरी,खानेपानी मन्त्रीमा राजेन्द्र राई, उद्योग तथा वाणिज्य मन्त्रीमा दामोदर भण्डारी, कृषि मन्त्रीमा ज्वालाकुमारी साह र  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा बलराम अधिकारी रहेका छन्।  

सोमबार मध्यरात एमाले र कांग्रेसबीच नयाँ सरकार बनाउने सहमति भएसँगै प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित भएको हो। योसँगै संसदमा चार पटक विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेको छन्। संसदका प्रमुख दुई दलका शीर्ष नेता एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले सहमति पत्रमा हस्ताक्षर भएसँगै प्रचण्ड सरकार संकटमा परेको हो। स्रोतका अनुसार एमालेले राष्ट्रपति रामचन्द्र पौडेललाई प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको र नयाँ सरकार गठन प्रक्रियामा अगाडि बढेको जानकारी गराइसकेका छन्।

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएको खण्डमा नयाँ सरकार गठनको प्रक्रिया लम्बिने छ। सरकारमा सहभागी कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिन भित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ।

दुई दलको सहमतिअनुसार पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुने र डेढ वर्षपछि आगामी निर्वाचनसम्म देउवाले नेतृत्वमा सरकार बन्ने छ। हाल ओली सरकारमा एमालेले अर्थसहित ९ मन्त्रालय र कांग्रेसले गृहसहित १० मन्त्रालय सम्हाल्ने छन्।

एमालेले कोसी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ। कांग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ। मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई दिने दुई दलले निर्णय गरेका छन्। हाल २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा कांग्रेसको ८८ सिट छ भने भने एमालेको ७९ सिट छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.