एमाले महासचिव भन्छन् : एजेण्डामा सहमत हुने दललाई ओली नेतृत्वको राष्ट्रिय सरकारमा समावेश

राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्न एमाले-कांग्रेसको गठबन्धन

राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्न एमाले-कांग्रेसको गठबन्धन
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक स्थायित्वका लागि एमाले र कांग्रेसको संयुक्त सरकार बन्न लागेको बताएका छन्। महासचिव पोखरेलले केपी शर्मा ओली नेतृत्वको राष्ट्रिय सरकारमा अन्य दललाई पनि समावेश गर्ने बताएका हुन् ।

कांग्रेस र एमालेबीच सहमति गर्न भूमिका खेलका महासचिव पोखरेलले राजनीतिक स्थायित्वका लागि कांग्रेससँग संविधान संशोधन गर्ने सहमति भएको जानकारी दिए। उनले फेसबुकमार्फत भनेका छन्,‘राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरुपका कानून समेत निर्माणगर्ने गरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा समझदारी भएको हो । यस प्रक्रियामा सहमत दलहरुलाई राष्ट्रिय सरकारमा समावेश गरिनेछ।’

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा कांग्रेसको ८८ सिट छ भने भने एमालेको ७९ सिट छ। दुई तिहाई बहुमत पुर्‍याउन साना दललाई सहभागी गराउनुपर्नेछ।

कांग्रेस र एमालेबीच सत्ता गठबन्धनको प्रयास लामै समयदेखि भइरहेको थियो। एमाले महासचिव शंकर पोखरेलले पहल गर्दै आएका थिए। साना दलले कांग्रेस र एमालेलाई उपयोग गरेर सत्ताको सधैं बार्गेनिङ गरिरहेको हुँदा ठूला दुई शक्ति मिलेर जानुपर्ने प्रयास गरिएका थिए। 

पोखरेलको कांग्रेससँग मिल्नुपर्छ भन्ने पहलमा कांग्रेसको नेतृत्व सहमत हुन नसकेपछि माओवादीसँग गठबन्धन गरिएको थियो। अन्नपूर्णसँगै पोखरेलले भनेका थिए, ‘कांग्रेससँग मिलेर सरकार बनाउन मैले गरेको प्रयासमा उताबाट सकारात्मक पहल नभएपछि माओवादी केन्द्रसँग गठबन्धन गरिएको हो।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.