कांग्रेसमा मन्त्रीको भागबण्डा : कुन पक्षलाई कति ?

कांग्रेसमा मन्त्रीको भागबण्डा : कुन पक्षलाई कति ?

काठमाडौं : नेपाली कांग्रेसको संस्थापन र इतर समूह सरकारमा पठाउने मन्त्रीहरुको संख्याबारे सहमतिनजिक पुगेको छ। एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेसले १० मन्त्रालय पाउने भएपछि नेताहरु आन्तरिक छलफलमा जुटेका हुन्। 

कांग्रेका एक नेताका अनुसार  संस्थापन पक्षले ६ वटा मन्त्री, वरिष्ठ नेता शेखर कोइराला पक्षलाई ३ मन्त्री र महामन्त्री गगन थापाबाट १ मन्त्रीको नाम सिफारिस गर्ने मोटामोटी सहमति भएको छ। थापा पक्षबाट स्वयम् आफैं जाने वा अरुलाई पठाउने निर्णय भने भइसकेको छैन।  

कांग्रेसले गृहसहित ९ मन्त्रालय पाउने भएको छ। मन्त्रालयको टुंगो लागेपछि सोहि अनुसार मन्त्री छनोट गर्ने बताइएको छ। एमालेले अर्थसहित ९ मन्त्रालय पाउने छ।

सोमबार राति एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुने र डेढ वर्षपछि त्यसको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने सहमतिमा हस्ताक्षर भएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। महतले राजनीतिक स्थायित्व,सुशासन र आर्थिक सुधारका लागि एमालेसँग गठबन्धन बनाउन लागिएको बताए। 

राष्ट्रिय सरकारमा अन्य दललाई पनि समावेश गर्ने

यता एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक स्थायित्वका लागि एमाले र कांग्रेसको संयुक्त सरकार बन्न लागेको बताए। महासचिव पोखरेलले केपी शर्मा ओली नेतृत्वको राष्ट्रिय सरकारमा अन्य दललाई पनि समावेश गर्ने स्पष्ट पारे।

कांग्रेस र एमालेबीच सहमति गर्न भूमिका खेलका महासचिव पोखरेलले राजनीतिक स्थायित्वका लागि कांग्रेससँग संविधान संशोधन गर्ने सहमति भएको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.