एसईईमा ८ विद्यालयको नतिजा नील

एसईईमा ८ विद्यालयको नतिजा नील
सांकेतिक तस्बिर।
सुन्नुहोस्

नुवाकोट : माध्यमिक शिक्षाको माथिल्लो खुड्किलोका रूपमा रहेको एसईई परीक्षामा नुवाकोटमा एक जना पनि विद्यार्थी उत्तिर्ण नभएका विद्यालयसमेत रहेका छन्। जसमध्ये सदरमुकामकै विद्यालयसमेत रहेका छन्। 

गत चैतमा सम्पन्न भएको यस वर्षको परीक्षामा नुवाकोटबाट एकसय ५० विद्यालयले आफ्ना विद्यार्थीलाई सहभागिता गराएका थिए। जसमध्ये आठ विद्यालयको नतिजा शून्य अर्थात नील आएको शिक्षा समन्वय एकाइ नुवाकोटले जनाएको छ।

नील आउनेमा सदरमुकामकै विद्यालयसमेत रहेको छ। शून्य नतिजा पाउनेमा त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको खुलातर्फ, सेतीदेवी मावि गेर्खु, सरस्वती मावि ककनी, चण्डादेवी मावि मदानपुर, सीता मावि वर्सुन्चेत, दूधेदेवी मावि लच्याङ, अरुणोदय मावि मात्रागाउँ, कमलमाणिक मावि दुप्चेश्वर रहेका छन्। 

ति विद्यालयहरूवाट परीक्षा दिएका ६८ जना सबै नै अनुत्तीर्ण भएका छन्। यस वर्ष सबैतर्फ गरी तीन हजार आठ सय ४४ जना परीक्षाथी सहभागी भएकोमा ५७ प्रतिशत अनुतिर्ण भएको शिक्षा समन्वय इकाई नुवाकोटका प्रमुख कुमार बस्नेतले जानकारी दिए। 

उनका अनुसार यस वर्ष झण्डै ४३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन्। परीक्षाको नतिजा अनुसार नियमिततर्फ र प्राविधिकतर्फ गरी एकहजार ६ सय ४५ जना विद्यार्थीको नतिजाले पूर्णता पाएको कार्यालयकी प्राविधिक सहायक सम्झना थपलियाले जानकारी दिइन्। 

उनका अनुसार दुई हजार एक सय ९९ जना विद्यार्थीको नतिजाले पूर्णता नपाएको अर्थात् अनुत्तीर्ण भएका छन्। दुइटा विषयसम्म अनुत्तीर्ण भएकाहरूले पुनः ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन्। 

माध्यमिक शिक्षा परीक्षा (एसईर्ई) का लागि १२ स्थानीय तह रहेको नुवाकोटमा २३ परीक्षा केन्द्रमार्फत परीक्षा दिएका थिए। यसैबीच, नुवाकोटबाट २०८० को माद्यामिक शिक्षा परीक्षा (एसईई) मा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई सम्मान गरिएको छ।

निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (प्याब्सन) नुवाकोटबाट एसईई परीक्षामा सहभागी भई ४ जीपीएसहित उत्कृष्ट नतिजा ल्याएकी सुभेनियर बोर्डिङ स्कुल वट्टारकी सिम्रिका रिजाललाई ११ हजार १ सय ११ रुपैयाँ नगदसहित सम्मान गरेको प्याब्सन नुवाकोटकका अध्यक्ष ताराबहादुर कार्कीले जानकारी दिए।

उत्कृष्ट स्थान हासिल गरेकी रिजाललाई प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीले दोसल्ला ओढाई सम्मान गरेका हुन्। यस्तै। नेकपा एमाले जिल्ला कमिटी नुवाकोट, राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोट र भैरवी इन्भेस्टमेन्ट कम्पनीलेसमेत रिजाललाई सम्मान गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.