नयाँ गठबन्धनमा सहभागी नहुने

नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्ने वित्तिकै सरकार छोड्छौं : रास्वपा

नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्ने वित्तिकै सरकार छोड्छौं : रास्वपा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ गठनबन्धमा सहभागी नहुने निर्णय गरेको छ। मंगलबार बिहान बसेको पार्टीको सचिवालय बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको हो।

बैठकले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्ने वित्तिकै सरकार छोड्ने निर्णय गरेको छ। बैठकका निर्णयहरू सुनाउँदै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले अर्को सरकार गठनको प्रक्रिया अगाडि बढ्ने वित्तिकै सरकारबाट बाहिरिने बताए। उनले नयाँ गठबन्धनमा रास्वपा सहभागी नहुने बताए।

'बैठकमा पछिल्लो समयमा सरकार र राजनीतिक घटनाक्रम जो अगाडि बढ्यो। यसबारे गम्भीर छलफल भयो,'उनले भने,' नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्ने वित्तिकै मन्त्रीलाई फिर्ता बलाउँछौं र सरकारबाट बहिरगमन हुन्छौं।' 

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउन दुई प्रमुख दल नेपाली कांग्रेस र एमाले सहमत भएका छन्। दुई दलबीच भएको सहमति अनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्नेछन् भने दोस्रो चरणमा डेढ वर्षपछि चुनावी सरकारको रुपमा कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्नेछन्।

एमालेले अर्थ मन्त्रालय लिँदा कांग्रेसले गृह मन्त्रालय लिने भएको छ।  एमालेले ९ वटा मन्त्रालय र कांग्रेसले १० वटा मन्त्रालय लिने बताइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.