प्रधानमन्त्रीले राजीनामा नदिने,विश्वासको मत लिने

प्रधानमन्त्रीले राजीनामा नदिने,विश्वासको मत लिने

काठमाडौं : प्रतिनिधिसभाका ठूला दुई दल नेकपा एमाले र कांग्रेसबीच नयाँ गठबन्धन गर्ने सहमति भएसँगै राजनीतिक संकटमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले तत्काल राजीनामा नदिने भएका छन् । मंगलबार बिहान बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिइ विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो।

बैठकपछि माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्रीबाट तत्काल राजीनामा नदिने र संसद फेस गर्ने निर्णय भएको बताए। 'प्रधानमन्त्रीले गलेर छोड्ने कुरा भएन। गणित सो गर्न जाने। संसद फेस गरेर विश्वासको मत लिएर अगाडि बढ्ने कुरामा प्रधानमन्त्रीले धारणा बनाउनु भएको छ। पार्टीको  तर्फबाट एकमतले विश्वासको मतको सामना गर्ने नै छ। विभिन्न पक्षसँग छलफल गर्ने कुरा भएको छ,'उनले भने,' रास्वपा कांग्रेस, एमालेलगायत अन्य दलसँग पनि कुराकानी गरेर अगाडि बढ्ने भएको कुरा भएको छ।'

नेता पौडेलले  एकातिर एउटा सहमति गर्ने अर्कोतिर राष्ट्रिय सहमतिको सरकार बनाऔं भनेर भन्नु सरासर षडयन्त्र भएको बताए।  उनले भने,' एकातिर एउटा सहमति  गर्ने अर्कोतिर दुई पार्टीले सहमति गरेर अरु पक्षसँग राष्ट्रिय सहमतिको सरकार बनाउन भन्न मिल्छ ? यो षडयन्त्र हो। यसको प्रतिवादमा उत्रिन्छौं।'

आज बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीले भेटेर प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गरिदिन आग्रह गरेका थिए। उनले राजीनामा नदिए एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीहरूले राजीनामा दिने जानकारी गराएका थिए। संवैधानिक व्यवस्थाअनुसार सरकारमा सहभागी हुने दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने प्रावधान छ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउन दुई प्रमुख दल नेपाली कांग्रेस र एमाले सहमत भएका छन्। दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ । सहमति अनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्नेछन् भने दोस्रो चरणमा डेढ वर्षपछि चुनावी सरकारको रुपमा कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्नेछन्।

एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने सहमति भएको जनाइएको छ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.