नयाँ सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने तय गर्न राप्रपाले बोलायो आकस्मिक पदाधिकारी बैठक

नयाँ सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने तय गर्न राप्रपाले बोलायो आकस्मिक पदाधिकारी बैठक
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : एमाले र कांग्रेसबीच नयाँ सत्ता समीकरण बनेपछि राप्रपाले पदाधिकारी बैठक बोलाएको छ।  पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज दिउँसो २ बजे पदाधिकारी बैठक बस्ने तय भएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार बैठकमा परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समिक्षा गर्न र पार्टीको धारणा तय हुनेछ।

 
एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउन दुई प्रमुख दल नेपाली कांग्रेस र एमाले सहमत भएका छन्। उक्त राप्रपाले नयाँ सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने आजको बैठकमा छलफल हुनेछ। 

दुई दलबीच भएको सहमति अनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्नेछन् भने दोस्रो चरणमा डेढ वर्षपछि चुनावी सरकारको रुपमा कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्नेछन्। एमालेले अर्थ मन्त्रालय लिँदा कांग्रेसले गृह मन्त्रालय लिने भएको छ।  एमालेले ९ वटा मन्त्रालय र कांग्रेसले १० वटा मन्त्रालय लिने बताइएको छ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले ओली नेतृत्वको राष्ट्रिय सरकारमा अन्य दललाई पनि समावेश गर्ने बताएका हुन् । पोखरेलले राजनीतिक स्थायित्वका लागि कांग्रेससँग संविधान संशोधन गर्ने सहमति भएको जानकारी दिएका छन्।  २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा कांग्रेसको ८८ सिट छ भने भने एमालेको ७९ सिट छ। संविधान संशोधनका लागि दुई तिहाई बहुमत आवश्यकता भएकाले साना दललाई सहभागी गराउनुपर्नेछ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.