विपद् व्यवस्थापनका लागि उच्च सतर्कता अपनाएका छौं

विपद् व्यवस्थापनका लागि उच्च सतर्कता अपनाएका छौं
मुक्तिराम खनाल
सुन्नुहोस्

मुक्तिराम खनाल । बर्खायाम सुरु भएपछि हुने विपद्को जोखिम न्यूनीकरणका लागि अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले नगरस्तरीय विपद् व्यवस्थापन समितिबाट विभिन्न निर्माण गरेर उच्च सतर्कता अपनाएको छ। पहाडी जिल्ला भएकाले  पहिरो जाने र खोलाहरूमा बाढीबाट हुने क्षति कमी गर्नका लागि विपद् प्रतिकार्य योजनाअनुसार विशेष योजनाका साथ काम गरेका छौं। 

नगरपालिकाका–६ नरपानी, ७ खाँचीकोट, ९ अर्घा र ११ डिभर्ना विपद्को उच्च जोखिममा छन्। यस स्थानमा जान सक्ने सम्भावित पहिरोबाट क्षति हुन नदिन र भैहालेमा जनचेतनामूलक कार्यक्रम सँगै सतर्कता लागि क्विक रेस्पोन्स टिम बनाएर तयारी अवस्थामा राखिएको छ। नगरमा जेसिभी, गाडीहरू तयारी अवस्थामा छन्। स्थानीय प्रशासन, सुरक्षाकर्मी र जिल्ला स्तरीय विपद् व्यवस्थापन समितिसँग समन्वय गरेर तयारी गरिएको छ।

विपद्को समयमा उद्धारका लागि चाहिने उद्धार सामग्रीहरू नगरपालिकाको तर्फबाट सुरक्षाकर्मीलाई प्रदान गरिएको छ।  विपद्मा स्वास्थ्य समस्यालाई निराकरण गर्न स्वास्थ्य सामग्री तयारी अवस्थामा छ। गोरुसिंगे सन्धिखर्क सडकको फुद्बाङदेखि घुम्तीसम्मको सडकमा पहिरो जान सक्ने र जसका कारण सडक अबरुद्ध हुन सक्ने भएकाले वैकल्पिक सडक भुवनडाँडा तर्फबाट मर्मत गरेर राखेका छौं। 

सन्धिखर्क १ र २ को सिमाना चुत्राबेँसीको बागीखोला कजवेयमा खोलाले भरेको नदीजन्य पदार्थले खोला छेकिएर बस्तीमा पस्ने जोखिम बढेपछि खोलाले थुपारेको ढुंगा तथा बालुवा निकालेका छौं। जसले गर्दा बागी खोला सलल बग्ने छ। विपद् एउटै पालिकामा मात्र नआउने भएकाले अन्तर पालिका स्तरीय विपद् व्यवस्थापन समितिसँग पनि समन्वय र सहकार्य गरेर अगाडि बढेका छौं। 

( खनाल सन्धिखर्क नगरपालिकाको राजस्व शाखा प्रमुख तथा विपद् व्यवस्थापन फोकल प्रसन हुन्। ) 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.