मधेस आन्दोलनमा भत्काइएको गिरिजाको सालिक निर्माण गरी अनावरण

मधेस आन्दोलनमा भत्काइएको गिरिजाको सालिक निर्माण गरी अनावरण
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जमा मधेस आन्दोलनका क्रममा आन्दोलनकारीले तोडफोड गरेर भत्काएको पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको सालिक ९ वर्षपछि फेरि ठडिएको छ।

वीरगन्ज महानगरपालिका-२ छपकैयाको इदगाह चोकमा जिपी कोइराला फाउण्डेशनले पुनर्निर्माण गरी ठड्याएको नेपाली कांग्रेसका पूर्वसभापति समेत रहेका स्व. कोइरालाको शालीक मंगलबार कांग्रेसका बरिस्ठ नेता शेखर कोइरालाले अनावरण गरेका हुन्। स्व. कोइरालाको १०१ औं जन्मजयन्तीका दिन पुनर्निर्मित सालिकको अनावरण गरिएको हो।

सालिक अनावरण कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे,केन्द्रीय सदस्यहरू शंकर भण्डारी, रमेश रिजाल, अजय चौरसिया, अनिल रुंगटा, जिल्ला सभापति जनार्दन सिंह क्षेत्री, प्रदेशसभा सदस्य श्याम पटेल, शंकर चौधरी लगायतको सहभागिता थियो।

फाउन्डेसनले नै २०७२ असार १८ गते स्थापना गरेको स्व. कोइरालाको सालिक मधेस आन्दोलनमा २०७२ भदौ १५ गतेका दिन आन्दोलनकारीले तोडफोड गरेर भत्काई दिएका थिए।

त्यही स्थानमा अहिले फेरि स्व. कोइरालाको पूर्ण कदको नयाँ सालिक निर्माण गरी अनावरण गरिएको हो। फाउण्डेशनका मधेस प्रदेश अध्यक्ष महम्मद शाहबुद्धिनका अनुसार मधेस प्रदेश सरकारबाट प्राप्त १६ लाख रुपैयाँ बजेटबाट इदगाह चोकमा स्व. कोइरालाको पूर्ण कदको नयाँ सालिक निर्माण गरी अनावरण  गरिएको हो।

पित्तल लगायतका धातुबाट निर्मित करिब ६ फिट उचाइको उक्त सालिक ११ लाख रुपैयाँमा काठमाडौंबाट खरिद गरेर ल्याइएको उनले जानकारी दिए। मधेश प्रदेश सरकारबाट प्राप्त कूल १६ लाख रुपैयाँ बजेटमध्ये ११ लाख रुपैयाँमा सालिक खरिद गरिएको र बाँकी ५ लाख रुपैयाँ सालिक राखिएको पार्कको मर्मत सम्भार र सौन्दर्यकरणमा खर्च गरिएको उनले बताए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.