वडा कार्यालय भवन निर्माण

वडा कार्यालय भवन निर्माण
सुन्नुहोस्

बेनी : म्याग्दीको मालिका गाउँपालिका-५ पन्थोकमा वडा कार्यालय भवन निर्माण भएको छ। मालिका गाउँपालिकाले ७६ लाख रुपैयाँको लागतमा ७ कोठे एक तले भवन निर्माण गरेको हो। 

अपांगमैत्री, भूकम्प प्रतिरोधी क्षमता भएको भवन निर्माणका लागि गत मंसिर १८ गते भगवती मालिका कन्स्ट्रक्सनसँग ७६ लाख ७ लाख ५८८ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। 

निर्माण कम्पनीका प्रतिनिधि विजय भट्टचनले असार मसान्त सम्म म्याद भएपनि लक्ष्य अघि नै भवन निर्माण सकिएको जानकारी दिए। १ वटा सभा हल, वडाध्यक्ष, सचिव, वडा सदस्य, प्राविधिक, सहयोगी र भण्डारण कक्ष भएको भवनमा ४ वटा शौचालय र शयनकक्ष छन्। 

वडाध्यक्ष मिम पुनले हस्तान्तरण भएपछि नयाँ भवनबाट सेवा सुरु गर्ने बताए। यसअघि भीम मावि परिसरमा रहेको साविक देविस्थान गाविसको पुरानो र जीर्ण भवनबाट वडा कार्यालय सञ्चालन हुँदै आएको थियो। 

७ वटा वडा रहेको मालिका गाउँपालिकाको यसअघि वडा नं. ३ को किटिनिमा भवन निर्माण भएको थियो। वडा नं. ६ को कार्यालय तत्कालीन दरवाङ गाविसको भवनबाट सञ्चालन हुने गरेको छ। 

आगामी आर्थिक वर्षका लागि गाउँपालिकाको प्रशासकीय, वडा नं. १ र ७ को भवन बनाउन २ करोड रुपैयाँ बजेट विनियोजन भएको अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए। वडा नं. २ रुम र वडा नं. ४ ओखरबोटको कार्यालय पनि पुरानो भवनबाट सञ्चालन हुँदै आएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.