एमालेको सचिवालय बैठक जारी

एमालेको सचिवालय बैठक जारी
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक जारी छ। च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसिरहेको हो। बैठकमा नेपाली कांग्रेससँगको गठबन्धन, सरकार गठनलगायत विषयमा छलफल हुने जनाइएको छ।

प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच नयाँ गठबन्धन गर्ने सहमति भएको छ। सहमति अनुसार पहिलो चरणमा एमाले अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गर्नेछन् भने दोस्रो चरणमा डेढ वर्षपछि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्नेछन्। 

एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने सहमति भएको जनाइएको छ।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.