एनआईसी एशिया बैंकको मास्टर कार्ड सेवा सुरु
![एनआईसी एशिया बैंकको मास्टर कार्ड सेवा सुरु](https://annapurnapost.prixacdn.net/media/albums/WhatsApp-Image-2024-07-02-at-16.00_6UtZ9fo6w3_zCJ269bvvp.jpg)
काठमाडौं : एनआईसी एशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउनका लागि मास्टरकार्ड सेवा सुरु गरेको छ। आइतबार पोखरामा आयोजित विशेष कार्यक्रमबाट सेवाको शुभारम्भ गरिएको हो।
डेबिट कार्डको रुपमा प्रयोग गर्न सकिने मास्टरकार्ड बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट ग्राहकहरुले प्राप्त गर्न सक्नेछन्। जसमा अत्याधुनिक सुरक्षा प्रविधि तथा अत्याधुनिक कन्टेनलेस प्रविधि समेत प्रयोग गरिएको छ।
यस कार्डमार्फत ग्राहकहरुले नेपाल, भारत र भुटानबाट एटिएम वथड्रको साथमा पिओएस तथा ई–कमर्श भुक्तानी लगायतको सुविधा उपभोग गर्न सक्नेछन्। ‘डिजिटल फष्ट’ बैंकका रुपमा आफूलाई स्थापित गर्न लागिरहेको बैंक र विश्वविख्यात मास्टरकार्ड बीचको यो सहकार्यले नेपालको बैंकिङ क्षेत्रलाई थप उचाइमा पुर्याउन ठोस योगदान दिने बैंकले विश्वास लिएको छ।
कार्ड बैंकिङ सेवा प्रदायकका रुपमा मुलुकका अग्रणी वाणिज्य बैंकका रुपमा रहेको बैंकले हालसम्म भिसा कार्डबाट सेवा प्रदान गरिरहेको थियो। बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)