कांग्रेस-एमालेको गठबन्धनले जनतामा छाएको निराशालाई हटाउने काम गर्‍यो : नेता निधि


काठमाडौं : नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले कांग्रेस–एमालेको गठबन्धनले जनतामा छाएको निराशा हटाउने गरी काम गर्ने बताएका छन्। प्रेस युनियन मोरङले मंगलबार बिराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा निधिले एमाले र कांग्रेसबीच आलोपालो नेतृत्व गरेर अघि बढ्ने र जनतामा छाएको निराशा हटाउने गरी राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको समेत बताएका हुन्।

उनले संघीयता,समावेशिता र लोकतन्त्रका मुल्य मान्यतालाई थप सुदृढ गरेर संविधान संशोधन गरिने जानकारी दिए । संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुत र परिष्कृत गर्न संविधान संसोधन गर्न लागिएको उनको भनाइ छ । 

यस्तै, उनले केन्द्रमा सत्ता समीकरण परिवर्तन हुँदैमा प्रदेशहरुमा सत्ता फेरबदल हुनु संघीयताको मुल मर्म विपरित भएको जिकिर गरे। निधिले विभिन्न प्रकरण,आरोप र विवादहरूलाई संविधान र कानुनअनुसार अघि बढाउने र यसका लागि सत्ता भित्र वा बाहिर हुनुले कुनै फरक नपर्ने बताए।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.