सहकारी ठगी प्रकरण

राजनीतिक दलहरूसँग सुझाव माग्ने सहकारी छानविन समितिको निर्णय

राजनीतिक दलहरूसँग सुझाव माग्ने सहकारी छानविन समितिको निर्णय

काठमाडौं : सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी क्षेत्रको शुद्धिकरण र समस्या समाधानका लागि राष्ट्रिय मान्यता प्राप्त दलहरूसँग सुझाव लिने निर्णय गरेको छ । 

सिंहदरबारमा मंगलबार समितिको बैठकले सहकारी संस्था बचत रकम दुरुपयोग छानबिनका लागि राजनीतिक दलहरूको सुझाव महत्वपूर्ण हुने भन्दै त्यसका लागि प्रतिनिधिसभामा राष्ट्रिय मान्यता प्राप्त दललाई सुझावका लागि पत्रचार गर्ने निर्णय गरेको हो ।

समितिको कार्यादेशमा टेकेर सहकारी क्षेत्रको समस्या समाधानका लागि लिखित रुपमा उपलव्ध गराउनका लागि पत्राचार गर्ने निर्णय गरिएको समिति संयोजक सुर्य थापाले जानकारी दिए। त्यस्तै बैठकमा राष्ट्रिय सहकारी महासंघ,बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड र राष्ट्रिय सहकारी बैंक लिमिटेडका पदाधिकारी र कर्मचारीसँग सहकारीसँग सम्बन्धित विभिन्न विषयमा छलफल भएको उनले बताए।

गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.