एमाले-कांग्रेसको संविधान संशोधन गर्ने एजेण्डा स्वागतयोग्य : राप्रपा

एमाले-कांग्रेसको संविधान संशोधन गर्ने एजेण्डा स्वागतयोग्य : राप्रपा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाली कांग्रेस र नेकपा एमालेको संविधान संशोधनको एजेण्डा स्वागतयोग्य भएको बताएको छ। पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार बसेको पार्टीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले संविधान संशोधनको एजेण्डा स्वागतयोग्य रहको बताए।

संविधान परिवर्तन गर्नुपर्ने पार्टीको पुरानो धारण भएको बताउँदै उनले ढिलै भएपनि ठूला दुई दल कांग्रेस र एमालेले संविधान संशोधनको एजेण्डा ल्याउनु सुखद भएको प्रतिक्रिया दिए।

'यो संविधानले काम गरेन यो संविधानमा आमूल परिवर्तन नगरिकन हुन्न र यसका लागि नेपालका सबै राजनीतिक दलहरूका बीचमा एउटा नयाँ समझदारी बन्नुपर्छ। देश पछाडि फर्केर पनि सक्दैन र यही बसेर पनि सक्दैन। नयाँ संझौता गरेर देशलाई अगाडि बढाउनुपर्छ भनेर भनिराखेका थियौं। अहिले कांग्रेस र एमालेले नयाँ सहमति बनाएका छन्। यो सहमतिको मूल प्वाइन्ट भनेको संविधान संशोधन हो,'उनले भने,' संविधान संशोधनका लागि प्रमुख दल र दोस्रो दल मिलेर सरकार निर्माण गर्ने भन्ने कुरा आयो। यसलाई हामीले स्वागतयोग्य विषय मानेका छौं ।'

नयाँ सरकारमा सहभागीता जनाउनेबारे राप्रपाले पछि निर्णय लिने उनको भनाइ छ। कांग्रेस र एमालेबीच संविधान संशोधनसहित सत्तासहकार्य गर्ने ७ बुँदे सहमति भएको छ। सहमति भने औपचारिक रुपमा सार्वजनिक गरिएको छैन।

कांग्रेस सभामपति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संविधान संशोधनसहित आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ। सहमतिअनुसार पहिला अध्यक्ष ओली प्रधानमन्त्री बन्ने र डेढ वर्षपछि सभापति देउवाले सरकारको नेतृत्व गर्नेछन्।

हाल एमालेले अर्थसहित ९ मन्त्रालय र गृहसहित १० मन्त्रालय कांग्रेसले लिने सहमति भएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.