बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डीमा उपविजेता खेलाडी रोहन श्रेष्ठलाई सम्मान

बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डीमा उपविजेता खेलाडी रोहन श्रेष्ठलाई सम्मान
सुन्नुहोस्

काभ्रे : बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डीमा उपविजेता भएर स्वदेश फर्किएका खेलाडीमध्ये रोहन श्रेष्ठलाई काभ्रे जिल्लाको पनौती नगरपालिका-५ ले सम्मान गरेको छ। 

स्थानीय समेत रहेका श्रेष्ठलाई वडाले एक कार्यक्रम गरी भर्खरै सम्पन्न बंगबन्धु कप अन्तर्राष्ट्रिय स्तरको कबड्डी खेलमा योगदान पुर्याएको भन्दै उनलाई सम्मानपत्र सहित सम्मान गरिएको वडा अध्यक्ष विनोद खत्रीले जानकारी दिए।

बंगलादेशको ढाकामा सोमबार सम्पन्न चौथो बंगबन्धु कप पुरुष तर्फको अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो। नेपाली कबड्डी इतिहासमा पुरुष टोलीले पाएको यो सबैभन्दा ठूलो उपलब्धि थियो। उपविजेता भएको खेलाडी टोलीमा पनौती ५ का रोहन श्रेष्ठ पनि टोलीमा सहभागी थिए उनीहरू गत मंगलबार स्वदेश फर्किएका थिए।

फाइनलमा नेपाल आयोजक बंगलादेशसँग ४५–३१ स्कोरले पराजित भएको थियो। विगतका तीनै संस्करणको उपाधि पनि बंगलादेशले जितेको थियो। प्रतियोगितामा नेपालसहित १२ राष्ट्रको सहभागिता थियो। 

नेपाली टोलीमा घनश्याम रोक्का मगर (कप्तान),काभ्रे पनौतीका रोहन श्रेष्ठ,  गणेश कार्की, मनोज भट्ट कपाडी, जितेन्द्र अवस्थी, सागर यादव, इसरात मिया, कमलेश लोनिया, प्रकाश गिरी, खगेन्द्र जोशी, सुशील चुनारा र विशाल थापा रहेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.