कांग्रेस-एमाले सहमतिबारे शेखरले भने, ‘मैले ७/८ महिनादेखि भन्दै आएको एजेन्डा अहिले सफल भयो’

कांग्रेस-एमाले सहमतिबारे शेखरले भने, ‘मैले ७/८ महिनादेखि भन्दै आएको एजेन्डा अहिले सफल भयो’
सुन्नुहोस्

वीरगन्ज : नेपाली कांग्रेसका बरिस्ठ नेता डाक्टर शेखर कोइरालाले नेपालको राजनीतिलाई सही बाटोमा हिँडाउन आफूले ७/८ महिनादेखि वकालत गरिरहेको एजेन्डा अहिले सफल भएको बताएका छन्।

मंगलबार वीरगन्जमा पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण समारोहलाई सम्बोधन गर्दै कोइरालाले भने,‘कांग्रेस र एमाले एक ठाउँमा उभिन सक्यो भने देशको राजनीति सहि गन्तव्यमा पुग्न सक्छ भनेर ७/८ महिनादेखि भन्दै आएको थिएँ। त्यही क्रममा मैले कोशी प्रदेशको सरकार बनाउने क्रममा एमालेसँग मिलेर एउटा कदम चालेको थिए। तर त्यो कदमले म आलोचित पनि हुन पुगें। तर अहिले आएर मेरो त्यस बेलाको त्यो कदम अहिले सही साबित भएको छ। सफल पनि भएको छ।’

नेता कोइरालाले अब कांग्रेस र एमाले बीचको सहमतिले बन्ने सरकारले  सुशासन, भ्रष्टाचार नियन्त्रण र आम जनतालाई राहत दिने कुरालाई गम्भीरताका साथ लिएर काम गर्ने विश्वास लिएको बताए। उनले सत्ता समीकरणका लागि कांग्रेस र एमालेबीच सोमबार राति भएको सहमतिलाई दुवै दलले राष्ट्रलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढेमा देश समृद्ध र नागरिक सुखी अवश्य बन्ने धारणा राखे। उनले भने,‘तर को मन्त्री बन्ने? कसले सार्वजनिक लाभको पद लिने? जस्ता व्यक्तिगत कुरामा मात्रै अल्झियौँ भने देश फेरि संकटमा पर्ने निश्चित छ।’

साना दलले सत्ताको बागडोर लिएर सरकार चलाउँदा संविधान र लोकतन्त्र खतरामा पर्ने धारणा आफ्नो रहेको उनले सुनाए। संविधान जारी भई लागू भएको १० वर्ष बितिसकेकाले अब यसमा देखिएका कमी कमजोरी सच्याउनुपर्ने बेला भइसकेको उनले बताए। यस्तै अहिलेको निर्वाचन प्रणालीबाट हुने निर्वाचनको परिणामले मुलुकमा राजनीतिक स्थिरता दिन नसक्ने भएकाले निर्वाचन प्रणाली पनि परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको उनले बताए। उनले भने, ‘ती दुवै कामका लागि पनि अहिले कांग्रेस र एमाले एक ठाउँमा आउनु परेको हो। दुवै दलबीच राति भएको सहमतिमा ती बुँदाहरू लेखिएका छन्।’

फरक प्रसंगमा कांग्रेस बरिस्ठ नेता कोइरालाले अरु दलसँग गठबन्धन गरेर चुनाव लडेकै कारण कांग्रेस ठूलो दल बनेको भन्ने भ्रम दिमागबाट हटाउन पार्टीका नेता कार्यकर्तासँग आग्रह गरे। उनले भने,‘यदि पार्टीका सबै नेता कार्यकर्ता चुनावमा एकजुट भएर इमानदारीका साथ लाग्यौं भने कांग्रेसलाई कुनै शक्तिले पनि हराउन सक्दैन।’

अबको निर्वाचनमा कांग्रेस नेतृत्वले पार्टीका उम्मेदवारसँग अन्तरघात गर्नेलाई कदापि नछोड्ने चेतावनीसमेत दिए। कार्यक्रममा कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले सत्ताका लागि मात्र बार्गेनिङ र ब्ल्याकमेलिङ गर्ने माओवादी र प्रचण्डको राजनीतिलाई कांग्रेस र एमालेबीचको अहिलेको सहमतिले समाप्त पारिदिएको बताए।

मुलुकको राजनीतिलाई स्वाभाविक दिशामा अगाडि बढाउन दुवै दलबीच सत्ता सहयात्राका लागि सहमति जुटेको उनले प्रस्ट्याए। दुई दल बीचको सहमति र एकताले संविधान र लोकतन्त्रलाई अझ मजबुत बनाउने जिकिर उनले गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.