भोलिसम्म राजीनामा दिएर मार्ग प्रशस्त गरिदिन प्रधानमन्त्रीलाई एमालेको आग्रह

भोलिसम्म राजीनामा दिएर मार्ग प्रशस्त गरिदिन प्रधानमन्त्रीलाई एमालेको आग्रह
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भोलि (बुधबार)सम्म राजीनामा गरेर मार्ग प्रशस्त गर्न आह्वान गरेको छ। पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले संविधानको धारा ७६ (२) बमोजिमको सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्न आह्वान गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए।

उनले प्रमुख दुई दलबीच राष्ट्रिय सहमति भइसकेको अवस्थामा प्रधानमन्त्रीले सहजरूपमा राजीनामा दिएर बाटो खुलाइदिनुपर्ने बताए।

त्यस्तै राष्ट्रिय सरकार निर्माणका लागि एमालेले सम्पूर्ण दललाई आह्वान गरेको छ। 'एमाले र नेपाली कांग्रेसको सहमतिअनुरुप एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने राष्ट्रिय सहमतिको सरकारमा सहभागी भई राजनीति स्थायित्वमा योगदान गर्न संसदमा रहेका सबै दलहरूलाई आह्वान गर्ने निर्णय भएको छ,' नेता ज्ञवालीले भने। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.