बहालवाला प्रधानमन्त्रीले कांग्रेससँग वैकल्पिक सरकारको छलफल सुरु गरेपछि प्रश्न खडा भयो : एमाले

बहालवाला प्रधानमन्त्रीले कांग्रेससँग वैकल्पिक सरकारको छलफल सुरु गरेपछि प्रश्न खडा भयो : एमाले
सुन्नुहोस्

काठमाडौं : एमालेले संविधानको धारा ७६ (२) बमोजिमको सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ। प्रमुख दुई दलबीच राष्ट्रिय सहमति भइसकेको अवस्थामा प्रधानमन्त्रीले सहज रूपमा राजीनामा दिएर बाटो खुलाइदिनुपर्ने एमालेको ठहर छ। 

त्यस्तै एमालेले राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन सांसदमा रहेका सबै दलहरूलाई आह्वान गरेको छ। पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने राष्ट्रिय सहमतिको सरकार निर्माणमा सहभागी हुन आह्वान गरेको हो।  
उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरूसँग  छलफल नगरी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउने प्रस्ताव गरेपछि एमाले र कांग्रेस मिलेर सरकार बनाउने सहमति भएको बताए।

‘हामीले सत्ता समीकरणमा हदैसम्मको लचकता अपनाएका थियौं। केही विषयहरू थिए तर सत्ता सहकार्य बदल्नुपर्ने तहसम्मका थिएनन्। यही सरकार अगाडि बढाइरहनुपर्छ भन्नेमा थियौं’, उनले भने, ‘तर, अचानक गत सातादेखि राजनीतिमा तरंग सिर्जना भयो। बहालवाला प्रधानमन्त्री स्वयम्ले वैकल्पिक सरकारको बहस सुरु गर्नुभयो। यसले हाम्रोसामु केही प्रश्न खडा भयो। कसैलाई सल्लाह नगरी प्रमुख प्रतिपक्षी दलसँग उहाँले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्‍यो भन्दै पहल गर्नुभयो।’

उनले भने गत वर्ष पनि एमालेको प्रस्तावमा प्रधानमन्त्री बन्नेर धोका दिएको पनि स्मरण गराए। गत वर्ष पनि एमालेको प्रस्तावमा प्रधानमन्त्री बन्नु भयो, तर, १५ दिन नबित्दै कांग्रेससँग विश्वासको मत लिएर एमालेलाई किकआउट गर्नुभएको हो। यो पृष्ठभूमिमा हामी सशंकित हुनु स्वाभाविक हो। तर, यसपालि कांग्रेसले उहाँको प्रस्तावलाई स्वीकार गरेन।

उनले भने, ‘कांग्रेसले हामीसँग राजनीतिक स्थायित्वका निम्ति फराकिलो सोचौं र तपाईंहरूले नै नेतृत्व गरेर सबैलाई समेट्ने वातावरण बनाउँ भनेर प्रस्ताव गर्‍यो। विदेशमा उहाँहरू जानुभएको छ। भ्रमण उहाँहरूले नै गर्नुभएको छ। आफ्नो थैलीको मुख बलियो गरी बाँध्न पर्छ अरूलाई दोष लगाउन उचित हुँदैन।’

त्यस्तै एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुधबारसम्म राजीनामा गरेर मार्ग प्रशस्त गर्न आह्वान गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.