को बन्लान एकीकृत समाजवादीका अध्यक्ष ?

को बन्लान एकीकृत समाजवादीका अध्यक्ष ?

काठमाडौं : ‘पार्टी अध्यक्ष को बन्ने ?’ विषयमा नेकपा एकीकृत समाजवादी पार्टीभित्र रस्साकस्सी चलिरहेको छ। आइतबारदेखि जारी पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा तीन नेता अध्यक्ष पदका आकांक्षी रहेको चर्चा छ।

बहालबाला पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल पार्टी अध्यक्षको दावेदार रहेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए। 

‘मान्छेको रुचि र बाहिर मिडियामा आएको खबरका आधारमा पार्टी अध्यक्षको दावेदारका रूपमा बहालवा पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालको बेसरी चर्चा छ। महासचिव घनश्याम भुसाल पनि उत्तिकै चर्चामा छन्। अध्यक्षको उम्मेदवार को–को हुनुहुन्छ ? त्यो त उम्मेदवारी दर्ता भएपछि खुल्छ,’ पार्टी प्रवक्ता खतिवडाले अन्नपूर्णसंँग भने, ‘उहाँहरूले महाधिवेशन हलमा अध्यक्षको उम्मेदवार हुँ भनेर घोषणा गर्नुभएको छैन। बाहिरको हल्लले उम्मेदवारी दिने कुरालाई प्रभावित बनाउँछ ? बनाउँदैन ? थाहा छैन। उम्मेदवारी दर्ता भएपछि मात्रै खुल्छ।’

अध्यक्ष पदका तीनै जना दावेदार नेताहरूले भने सर्वसहमतिबाटै नेतृत्व चयन गर्नुपर्ने कुरा अघि सारिरहेका छन्। तर, भित्रभित्रै उनीहरूले चुनावको पनि तयारी गरेको देखिन्छ। देशभरिबाट आएका अधिकांश महाधिवेशन प्रतिनिधिहरू सहमतिकै आधारमा केन्द्रीय कमिटी चयन गर्नुपर्ने बताइरहेका छन्।

प्रतिनिधिहरू किन चाहान्छ सर्वसम्वतिको वातावरण ?
 किन चुनावमा जान सल्लाह दिँदैनन् त प्रतिनिधिहरूले ? भन्ने प्रश्नमा एकीकृत समाजवादी पार्टीका स्थायी कमिटी सदस्य शत्रुघन महतोले भने, ‘एमालेबाट विद्रोह गरे नयाँ पार्टी गठन भएको तीन वर्ष पुग्दै छ। अहिलेको अवस्थामा सहमतिका आधार अध्यक्ष र पार्टी कमिटी चयन भयो भने नेतृत्वमा विभाजन हुँदैन।’ कार्यकर्ताहरू महाधिवेशनबाट उत्साह बोकेर जिल्लामा काम गर्न फर्किने भन्दै उनले थपेँ, ‘यसले संगठन बिस्तारमा सजिलो हुन्छ।’

सहमति नजुटे मात्रै चुनावमा जानुपर्ने नेता महतोले बताए। नयाँ पार्टी भएकाले चुनावी प्रक्रियामा तुरुन्तै गयो भने पार्टी विस्तारमै असर पुग्ने उनले औंल्याए। ‘चुनाव लोकतान्त्रिक विधि त हो तर कहिलेकाहीँ निर्वाचनमा हार्नेहरूको मन खुम्चिन्छ। यसले संगठन बिस्तारमा समस्या थपिन्छ ,’ उनले भने, ‘यसले गर्दा  महाधिवेशन प्रतिनिधिहरूले सर्वसहमतिका आधारमा कमिटि निर्माण गरेर महाधिवेशन सम्पन्न होस् भन्ने चाहिरहेका छन्।’

२९९ संख्याको केन्द्रीय समिति प्रस्ताव

काठमाडौंमा जारी महाधिवेशनमा प्रस्तावित विधान पनि पेश गरिएको छ। त्यसअनुसार २९९ केन्द्रीय सदस्य संख्या रहने केन्द्रीय कमिटीको प्रस्ताव गरिएको पार्टी प्रवक्ता खतिवडाले बताए। उनले भने, ‘हाललाई २९९ सय संख्या रहने केन्द्रीय समिति प्रस्ताव गरिएको छ। अधिवेशनले त्यसलाई थपघट गर्न सक्ने छ। केन्द्रीय कमिटी समावेशी प्रकृतिको हुन्छ।’

एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य शत्रुघन महतोका अनुसार सोमबार महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन, पार्टीका कार्यक्रममाथि छलफल भइरहेको छ। राजनीतिक प्रतिवेदन पास भइसकेको छ।

प्रस्तावित विधान, निर्वाचन आयोग, लेखा आयोग, अनुशासन आयोगको प्रतिवेदनमाथि पनि छलफल भइरहेको छ। उनले भने, ‘यी सबैमा  बहस र छलफल भएपछि मात्रै निर्वाचन प्रक्रिया सुरु हुन्छ।’

मुख्य एजेन्डा समाजवाद 
नेकपा एकीकृत समाजवादी पार्टी नेपाली विशेषअनुसारको वैज्ञानिक समाजवालाई देशमा लागू गर्ने गरी मुख्य कार्यक्रम र नीति लिएको छ। पार्टीका स्थायी कमिटी सदस्य शत्रुघन महतोका अनुसार देशमा सबै खाले क्रान्ति सम्पन्न भएकोले अब देशमा समाजवाद उन्मुख कार्यक्रम कसरी अघि बढ्छ ? त्यो मुलुकको मुख्य आवश्कयता हो। त्यसलाई पूरा गर्न पार्टीले समयानुकूल कार्यक्रम लिएर आएको छ। 

समाजवादी पार्टीका प्रवक्ता जगन्नाथ खतिवडा महाधिवेशनबाट नेपाली विशेषता सहितको वैज्ञानिक समाजवादको अभ्यासलाई सफल पार्न प्राथमिकताका साथ एजेन्डाहरू म्हाधिवेशनमा पेस गरिएको बताए। 

‘हाम्रो पार्टीको मुख्य लक्ष्य समाजवाद हो। यो मुलुकका समग्र जनताका समस्याहरूको समाधान गर्ने गरी कार्यक्रमहरू ल्याएका छौं’, राजनीतिक दस्ताबेजबारे चर्चा गर्दा प्रबक्ता खतिवडाले भने, ‘समाजिक आर्थिक, राजनीतिक प्रणाली भनेको समाजवादी राजनीतिक प्रणाली हो भन्ने कुरालाई हाम्रो पार्टीको कार्यक्रमले पहिलो जोड दिएको छ।’

आफूहरूको पार्टी सवल, सुढृढ नभएसम्म मुलुकको कम्युनिष्ट आन्दोलनले गति पाउन नसक्ने प्रबक्ता खतिवडाले जिक्किर गरे। उनले भने, ‘एकीकृत समाजवादी पार्टी बलियो भए मात्रै मुलुकले असल, वैचारिक नेतृत्व गर्ने राजनीतिक शक्ति पाउँछ भन्ने विश्वासका साथ अध्ययन अनुसन्धान गरेर राजनीतिक दस्ताबेज र कार्यक्रमहरू अधिवेशनमा पेश गरेका छौं।’

अनियमितता, भ्रष्टाचार, नातावाद, कृपावादको दलदलमा राजनीतिक दलहरू फसेकाले जनतामा राजनीतिक गर्नेहरू प्रतिअविश्वास पैदा भएको महाधिवेशनमा चर्चा गरिएको छ। आफ्नो पार्टीलाई त्यसबाट टाढा राख्ने खोजेको प्रवक्ता खतिवडाको भनाइ छ।

‘जति पार्टीहरू छन् ती सबै एक प्रकारले भन्ने हो भने हामी समग्रमा भ्रष्टीकरणको दलदलमा फसेका राजनीतिक दलका पहिचानलाई हामीले परिवर्तन गर्नुपर्ने छ’, उनले भने,  ‘त्यसकारण स्वच्छ राजनीतिक छवि निर्माण गर्ने राजनीतिक दलको रूपमा पार्टीलाई विकास गर्न खोजेका छौं।’ जनताको समग्र दुःख, समस्या, अविकास, कुशासन जस्ता समस्याबाट मुक्ति दिलाउनका लागि पार्टीले ऐजेण्डा सहित प्रस्तुत भएको उनले बताए।

पार्टीले ल्याएको दस्तवेज, एजेन्डा पार्टीका सबै नेताहरूको साझा कार्यक्रम रहेको उनले बताए। ‘केन्द्रीय कमिटीले पास गरेकोले यो व्यक्ति बिशेषको दस्तावेज होइन्। यो दस्ताबेजको आधारमा जो पनि पार्टी अध्यक्ष बन्छ। हाम्रो आवश्यकताको आधारमा को व्यक्ति बन्ला त्यो महाधिवेशनले चयन गर्छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.