प्रदेश सरकारमा खटपट

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई कांग्रेस र एमालेको सुझाव : राजीनामा दिएर नयाँ सरकार बनाउन मार्ग प्रशस्त गर्नुहोस्

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई कांग्रेस र एमालेको सुझाव : राजीनामा दिएर नयाँ सरकार बनाउन मार्ग प्रशस्त गर्नुहोस्

संघीय सरकार निर्माणको समीकरण फेरबदलले प्रदेश सरकारमा पनि नयाँ गठबन्धन बन्न लागेको हो।

धनगढी : केन्द्रमा एमाले र नेपाली कांग्रेसको सत्ता गठबन्धन बनेसँगै प्रदेश सरकारको पनि समीकरण परिवर्तन हुने भएको छ। संघीय सरकार निर्माणको समीकरण फेरबदलले प्रदेश सरकारमा पनि नयाँ गठबन्धन बन्न लागेको हो।  

प्रारम्भिक मस्यौदामा एमालेले कोसी,लुम्बिनी र कर्णाली, कांग्रेसले बाग्मती,गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्ने उल्लेख छ। मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई दिने दुई दलले निर्णय गरेका छन्। 

योसँगै सुदूरपश्चिममा पनि नयाँ सरकार गठनका लागि गृहकार्य सुरु भएको छ। मंगलबार राति कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाह र एमालेका संसदीय दलका नेता राजेन्द्र सिंह रावलबीच संयुक्त सरकार बनाउने विषयमा छलफल भएको छ।

हाल सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्री छन्। सुदूरपश्चिममा मुख्यमन्त्री चयनको विषयलाई लिएर सुरुवात देखिनै एमाले र एकीकृत समाजवादीबीच खटपट छ।

छलफलमा सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई मुख्यमन्त्रीबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्ने सल्लाह भएको रावल बताए। उनले भने,‘केन्द्रमा नयाँ गठबन्धन बनिसकेको छ। सोहि अनुसार हामीले प्रदेशमा बनाउने विषयमा सकारात्मक छलफल भयो। अब केन्द्रको म्याण्डेट अनुसार सुदूरपश्चिमका मुख्यमन्त्री  दीर्घ सोडारीलाई राजीनामा गरेर मार्ग प्रशस्त गर्न आग्रह गर्ने, उहाँले राजीनामा नदिए एमालेका मन्त्री फिर्ता बोलाउने र नयाँ सरकार गठनको प्रक्रिया थालनी गर्ने विषयमा छलफल भएको छ।’

nullरावलले कांग्रेस र एमालेको संयुक्त सरकारले जनताको मर्म र भावना अनुसार सुशासन र विकास निर्माणलाई अगाडि बढाउने बताए। ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सुदूरपश्चिममा कांग्रेसका  १८ र एमालेका ११ सांसद छन्। दुई दलमिल्दा बहुमत रहेको छ। सुदूरपश्चिममा माओवादीको ११, एकीकृत समाजवादीको ४, नागरिक उन्मुक्तिको ७ सिट छ। स्वतन्त्र र राप्रपाको एक–एक सिट छ।  उनीहरुले केन्द्रको निर्देशन आउने बित्तिकै थप कदम चाल्ने बताएका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.