नेकपा एस महाधिवेशन : १२ समूहका सुझाव पेस हुँदै

नेकपा एस महाधिवेशन : १२ समूहका सुझाव पेस हुँदै
सुन्नुहोस्

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को जारी १०औँ राष्ट्रिय महाधिवेशनका क्रममा राजनीतिक दस्तावेज,समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजमा आएका सुझाव आज पेस हुने भएको छ ।

१२ समूह बनाएर गरिएको छलफलबाट प्राप्त सुझाव आजको बैठकमा पेस गर्ने कार्यसूची छ । सम्बन्धित समूहका टोली नेताले सुझाव प्रस्तुत गरेपछि दस्तावेज परिमार्जनसहित अनुमोदन गरिनेछ । 

आजै १ हजार ८ सय ४९ प्रतिनिधि छनोट गरिएको महाधिवेशनले २ सय ९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्ने कार्यक्रम छ । एक हजार आठ सय ४९ प्रतिनिधिलाई विद्युतीय उपकरणबाट मतदानका लागि प्रशिक्षण दिइएको छ । शीर्ष नेतृत्वमा सहमतिको प्रयास भए पनि अन्य पदाधिकारी र सदस्यको निर्वाचन हुनेछ ।

 ‘पार्टी अध्यक्ष को बन्ने ?’ विषयमा नेकपा एस पार्टीभित्र रस्साकस्सी चलिरहेको छ। आइतबारदेखि जारी पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा तीन नेता अध्यक्ष पदका आकांक्षी रहेको चर्चा छ।

बहालबाला पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल पार्टी अध्यक्षको दावेदार रहेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताएका छन्।

अध्यक्ष पदका तीनै जना दावेदार नेताहरूले भने सर्वसहमतिबाटै नेतृत्व चयन गर्नुपर्ने कुरा अघि सारिरहेका छन्। तर,भित्रभित्रै उनीहरूले चुनावको पनि तयारी गरेको देखिन्छ। देशभरिबाट आएका अधिकांश महाधिवेशन प्रतिनिधिहरू सहमतिकै आधारमा केन्द्रीय कमिटी चयन गर्नुपर्ने बताइरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.