एमालेसँग भएको सहमति अनुमोदन

राष्ट्रिय सरकार निर्माणमा प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नैपर्छ : कांग्रेस


काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएको छ। बुधबार देउवा निवास बुढानिलकण्ठमा बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले संसदका ठूला दुई दलबीच राष्ट्रिय सरकार निर्माण गर्ने सहमति भइसकेपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने निष्कर्श निकालेको हो। बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता डा.प्रकाश शरण महतले प्रधानमन्त्रीले राजीनामा दिएर नयाँ सरकार गठनमा सहयोग गर्नुपर्ने बताएका हुन्।

उनले  भने ,'ठूला दलहरू नयाँ सरकार बनाउने भनिसकेपछि स्वभाविकरुपमा प्रधानमन्त्रीले मार्ग प्रशस्त गरिदिनुपर्छ। मार्ग प्रशस्त गरिदिन आग्रह गरेका छौं।'

तर, प्रधानमन्त्री 'प्रचण्ड' भने तत्काल राजीनामा नदिएर संसद 'फेस' गर्ने मनस्थितिमा छन्। 

नेता महतले नयाँ सरकार निर्माणमा कांग्रेस र नेकपा एमालेबीच भएको समझदारीलाई कार्यसम्पादन समितिको बैठकले अनुमोदन गरेको जानकारी दिए। ' सुरूमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने र पछि चुनावसम्म सभापति देउवा प्रधानमन्त्री बन्ने समझदारीलाई कार्यसम्पादन समितिले अनुमोदन गरेको छ।'

एमाले र कांग्रेसबीच गठबन्धनसहितको राष्ट्रिय सरकार बनाउने सहमति भएको छ। सहमतिअनुसार संसदको बाँकी कार्यकाल नेपाली कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ। उनीहरूबीच संविधानको धारा ७६ (२) अनुसार नै सरका गठन गर्ने सहमति भएको हो।

आवश्यकता अनुसार संविधान संशोधन गरेर अहिलेको व्यवस्थालाई सुदृढ बनाउनका लागि ठूला दलहरु एकठाँउमा आउनुपर्ने भन्दै उनले अहिलेको सहमतिलाई पूर्णरुपमा कार्यान्वयन गर्ने दृढता रहेको उल्लेख गरे।

यसैगरी बैठकले भातृसंगठनहरूको समय थप्ने सम्बन्धमा  सभापति देउवाले गरेको निर्णयलाई पनि अनुमोदन गरेको छ।

संविधान कार्यान्वयनका क्रममा कतिपय विषयमा सुधार र परिमार्जन गर्नुपर्ने आवश्यक देखिएकाले एमाले र कांग्रेसबीच संविधान संशोधनसहित निर्वाचन प्रणाली परिवर्तनलगायत राष्ट्रिय सरकार बनाउने सहमति भएको उनको भनाइ छ।

उनले सरकारमा पठाउने मन्त्रीहरूको बारेमा भने पार्टीले पछि निर्णय गर्ने बताए।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.