लागुऔषधसहित पाँचजना पक्राउ

लागुऔषधसहित पाँचजना पक्राउ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

कैलाली : लम्कीचुहा नगरपालिका-३ चिसापनीस्थित अछाम होटेलबाट सोही ठाउँ बस्ने ३१ वर्षीया दीपा बिष्टलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली,धनगढी उपमहानगरपालिका-१ अस्पताल लाईनस्थित सडकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१ बस्ने २४ वर्षीय पवन गुप्तालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।  वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  

सुनसरी,धरान उपमहानगरपालिका-४ पत्रङबारीबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ३ हजार २ सय ८३ क्याप्सुल, स्पास्मो प्रोक्सिभन ३ क्याप्सुल, कोलिबान १ सय ४८ ट्याब्लेट र नगद ४६ हजार ५० रुपैयाँ सहित सोही ठाउँ बस्ने ३३ वर्षीय खेम रानामगरलाई गए राति प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो । साथै धरान उपमहानगरपालिका-१५ देउराली पथ डेरा गरी बस्ने संखुवासभा मादी मुलखर्क घर भएका २६ वर्षीय सुरज देवानको कोठाबाट नियन्त्रित लागुऔषध नाईट्राजेपाम २ सय ९० ट्याब्लेट, ट्रामाडोल २ हजार २ सय ८० क्याप्सुल, स्पास्मो प्रोक्सिभन १ सय ४० क्याप्सुल र गाँजा २ केजी सहित देवान र उनका साथी धरान उपमहानगरपालिका(८ बस्ने २३ वर्षीय युनिसेस राईलाई गए राति प्रहरीले पक्राउ गरेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.