टीआरसी विधेयकमा सहमति जुटाउन गठित कार्यदलले थाल्यो काम


काठमाडौं : सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलले प्रारम्भिक छलफल सुरु गरेको छ । बुधबार सिंहदरबारमा बसेको कार्यदलको पहिलो बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन,सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका बिपतिहरूका विषयमा प्रारम्भिक छलफल भएको हो ।

विधेयकमा रहेको मानव अधिकारको गम्भीर उलंघन, हत्याको परिभाषा, सशस्त्र द्वन्द्वका क्रममा जोडिएका र प्रभावित भएका व्यक्ति र महान्याधीवक्ताले गम्भीर मानव अधिकार उलंघनको विषयमा घटि मागदावी लिएर जाने लगायत चार विषयमा सहमतिको प्रयास खोजिएको कार्यदल सदस्य प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

छलफलका क्रममा केहि सकारात्मक संकेत देखिएको र थप छलफल गरिने उनको भनाइ छ । त्यस्तै कार्यदल सदस्य रमेश लेखक र जनार्दन शर्माले पनि सकारात्मक छलफल भएको भन्दै केहि दिनमा टुङ्गो लगाउने जानकारी दिए।

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन आइतबार तीन सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलले विधेयकमा चार विषयमा सहमति गर्न विभिन्न सुझावहरु दिने बताइएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.