भारवाङमा मोटरेबल पुल निर्माण

भारवाङमा मोटरेबल पुल निर्माण
भारवाङस्थित म्याग्दी नदीमाथि निर्माण भएको मोटरेबल पुल। तस्बिर : सन्तोष गौतम
सुन्नुहोस्

बेनी : पूर्व-पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक बेनी-दरवाङ-बिम-ताकम-मुना-जलजला-ढोरपाटन सडक अन्र्तगत म्याग्दीको भारवाङघाटस्थित म्याग्दी नदीमा मोटरेबल पुल निर्माण भएको छ। 

गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले मालिका गाउँपालिका-७ र धवलागिरी गाउँपालिका-७ को सिमाना भएर बग्ने म्याग्दी नदीमाथी ६ मिटर चौडाई र ४० मिटर लामो सिंगल स्पाम प्रि स्टे«स प्रविधिको मोटरेबल पुल निर्माण गरेको हो। 

पुल निर्माण भएसँगै धवलागिरि गाउँपालिकाका ५ मल्कबाङ र ६ मराङका स्थानीयहरूलाई गाउँपालिका केन्द्र मुना जान-आउन सहज भएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले बताए। ‘औपचारिकरूपमा हस्तान्तरण हुन बाँकी रहेको पुलमा सवारी साधन आवत जावत गर्न थालेका छन,’ उनले भने ‘यो पुलले धवलागिरीको ५, ६ नम्बर वडामा पर्ने मराङ र मल्कबाङबासीलाई घुमाउरो सडक प्रयोग गरेर गाउँपालिकाको केन्द्र मुना जानुपर्ने बाध्यता हटेको छ।’

मराङका बासिन्दाहरु हाल मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार हुँदै मुना जाने घुमाउरो सडक प्रयोग गर्छन्। पुलले मालिका गाउँपालिका-७ का बिमवासीहरुलाई पनि ताकम, मुना लगायतका बस्तीहरूमा आवतजावत गर्न सहज हुनुका साथै दूरी छोटिएको छ। 

म्याग्दीखोलामा पुल बनेसँगै पुल देखि ताकम गाउँ सम्मको सडक स्तरोन्नति गर्न गाउँपालिकाले आवश्यक पहल गर्ने जनाएको छ। पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलका अनुसार सो पुल निर्माणका लागि वि.स. २०७६ साउन ८ गते देव एण्ड सायर बीएन जेभीसँग ६ करोड ९६ लाख ४३ हजार ३५३ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। निर्माण कम्पनीका प्रतिनिधि नारायण जिसीले कोरोना महामारीका कारण पुल निर्माणमा ढिला भएपनि दोस्रो पटक थपिएको म्याद २०८१ असार मसान्तभित्र पुल निर्माण सम्पन्न भएको बताए। 

बेनी-दरवाङ-बिम-ताकम-मुना-जलजला-ढोरपाटन सडकअन्तर्गत मालिका गाउँपालिका-७ को शिवरात्री खोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्का सम्झौताको तयारी गरेको छ।  

संघीय र प्रदेश सरकारको साझेदारीमा सोही सडक स्तरोन्नति गर्न आगामी आर्थिक वर्षदेखि कार्यान्वयन हुने गरी ९२ करोडको योजनाका लागि बजेट व्यवस्थापन भएको गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले जानकारी दिए। उनका अनुसार दरवाङ-धारापानी खण्डको ६ किलोमिटर ग्राभेल र धारापानी-शिवाङ खण्डको ४ किलोमिटर कालोपत्र गर्न निर्माण व्यवसायी परिचालित भइसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.