बलिदान नगरी कर्णालीले केही पाउँदैन : मुख्यमन्त्री कंडेल

बलिदान नगरी कर्णालीले केही पाउँदैन : मुख्यमन्त्री कंडेल
सुन्नुहोस्

वीरेन्द्रनगर : कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कंडेलले कर्णालीले बलिदानी नगरेर केही नपाउने गरेको बताएका छन्। सुर्खेतमा आयोजित उद्यमशीलता प्रेरणा सम्मेलनको उद्‍घाटन गर्दै मुख्यमन्त्री कंडेलले कर्णाली प्रदेश प्राप्त गर्दा पनि नागरिकले रगत बगाएपछि प्राप्त गरेको बताए। 

उनले भने, 'संविधानअनुसार राज्यले कर्णालीलाई सेवा, सुविधा र अन्य कुराहरू सहजरुपमा पाउँदैन। हामीले अधिकार र सेवा प्राप्त गर्नका लागि पनि जनताले रगत बगाउनुपर्छ। परापूर्वकालमा समृद्ध रहेको कर्णाली पछिल्लो समय सेवा सुविधा र विकासका पूर्वाधारका हिसाबले निकै पछाडि छ। प्राकृतिक स्रोत साधनहरूको खानी रहेको कर्णाली त्यसको सदुपयोग हुन सकिरहेको छैन। हामीले त्यसैलाई सदुपयोग गर्ने गरी कामहरू अगाडि बढाइरहेका छौं।'

उनले कर्णाली खाली पेपरजस्तै रहेको बताए। 'कर्णाली खाली कागज हो। यहाँ प्रकृतिले नै रंगाइदिएको छ। तर, हामीले आकर्षक चित्र बनाउन सकिरहेका छैनौं। कर्णालीका १० वटै जिल्ला उद्योग, व्यपार, कृषि पर्यटन, जलविद्युत, जडिबुटीलगायतका नविनतम स्रोत र साधानहरूको भण्डार हुन्। तर, विदेशी भूमिमा जुनसुकै कर्म गर्न चाहने आफ्नो भूमिमा काम गर्दा सानो भइने सामाजिक सोच र संरचनाका कारण हामी पछाडि परिरहेका छौं। अब युवाहरूले काम गर्दा सानो हाोइन्, महावन बनिन्छ भन्ने सन्देश दिनुपर्छ। परम्परागत सोच र गलत धारणाको अन्त्य गर्न जरुरी छ,' उनले भने।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.