संविधान संशोधन गरेर मुलुकको परिवर्तन उल्टाउने आशंका पैदा भयो : देव गुरुङ

संविधान संशोधन गरेर मुलुकको परिवर्तन उल्टाउने आशंका पैदा भयो : देव गुरुङ

काठमाडौं : नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नयाँ गठबन्धनका नाममा मुलुकको परिवर्तनलाई उल्टाउने गरी संविधान संशोधन गर्ने आशंका पैदा भएको बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित साक्षात्कारमा गुरुङले संविधान संशोधनको कुरा उठाउँदै सत्ता समीकरण परिवर्तन गर्ने कुराले मुलुकको परिवर्तन नै खतरामा पर्ने आशंका पैदा भएको बताए। 

उनले ४७ सालको संविधानको दिशातर्फ मुलुकलाई लैजान खोज्ने प्रयास पश्चगामी र प्रतिगामी कदम भएको जिकिर गरे। माओवादीको नेतृत्वमा राष्ट्रिय सहमतीय सरकार गठनको प्रयास भइरहँदा तयार नभएका दलहरूले अहिले मध्यरातमा त्यही विषयमा हल्ला गर्दै सहमति गरेको उनको आरोप छ। उनले वर्तमान सरकार छाड्नुपर्ने कुनै उल्लेनीय कारण नभए पनि टिआरसी विधेयक र भुटानी शरणार्थी प्रकरणमा केही व्यक्ति पक्राउको परिघटना हुनसक्ने आशंका गरे।

महासचिव गुरुङले सरकार बनाउने नाममा संविधानको प्रावधानलाई उलंघन गर्ने काम गर्न नहुनेमा जोड दिए। उनले सरकारलाई दिएको समर्थन लिएमा प्रधानमन्त्रीले सदनमा विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्ने धारणा राखे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.