स्काइवाक टावरमा सार्वजनिक गरियो भिभो वाई २८

स्काइवाक टावरमा सार्वजनिक गरियो भिभो वाई २८
सुन्नुहोस्

काठमाडौं : नयाँ प्रविधि र नवीनताको एक अर्को कीर्तिमान स्थापित गर्दै भिभोले आफ्नो वाई शृंखलाको वाई २८ सार्वजनिक गरेको छ। काठमाडौंको कमलादीस्थित स्काइवाक टावरमा उक्त स्मार्टफोनको लन्च गरिएको हो।

७.९९ मिमि अल्ट्रा-स्लिम बडीमा ६००० एमएएच पावरफुल ब्याट्रीको साथ भिभोले स्मार्टफोन डिजाइनलाई पुनः परिभाषित गरेको छ। डिजाइनको सन्दर्भमा भिभो वाई २८ , दुई अद्वितीय रङः ग्लीमिङ ओरेञ्ज र एगेट ग्रीन कलर भेरियन्टमा उपलब्ध हुनेछ। 

यसको सौन्दर्यलाई अझ बढाउन यस्मा मेटालिक हाई-ग्लोस फ्रेम र अद्वितीय रूपमा निर्मित रियर क्यामेरा मोड्युल छन्, जसमा डाइनामिक लाइट समावेश छ। जसले संगीत र नोटिफिकेसनसहरूसँग सिङ्क गरी एक आकर्षक दृश्य र श्रवण अनुभव प्रदान गर्दछ। 

भिभो वाई २८ विशाल ६००० एमएएच ब्याट्रीसँग सुसज्जित छ, जसमा ४४ वाट फ्ल्यास चार्ज पनि छ। जसले विस्तारित गेमिङ र पूर्ण दिनको आउटिंगका लागि पर्याप्त शक्ति प्रदान गर्दछ। यसको स्थायित्वको लागि यस्मा चार वर्षको ब्याट्री हेल्थ ग्यारेन्टी दिइएको छ। जसले १६०० चार्ज साइकल पछि पनि कम्तीमा ८० प्रतिशत क्षमताको साथ ब्याट्रीलाई मजबुत राख्छ।

भिभो वाई २८ मा ९० हर्ट्ज रिफ्रेश रेट र हाई ब्राइटनेस मोड भएको सनलाइट आई प्रोटेक्शन स्क्रिन छ, जसले स्पष्ट दृश्य र कम आँखा थकान सुनिश्चित गर्छ। यस स्क्रिनमा टीयूभी राइनल्याण्ड लो ब्लू लाइट प्रमाणीकरण पनि समेटिएको छ, जसले आँखालाई हानिकारक निलो प्रकाशबाट सुरक्षा प्रदान गर्दछ। डुअल स्टीरियो स्पिकरको साथ ३०० प्रतिशत अडियो बूस्टर सुविधा पनि रहेको भिभो वाई २८ ले एक अद्वितीय अडियो-भिजुअल अनुभव प्रदान गर्दछ।

भिभो वाई २८ मा रहेको ५० एमपी एचडी मुख्य क्यामेराले सबै विवरणलाई स्पष्टतासहित क्याप्चर गरी प्रयोगकर्ताहरूलाई प्रशंसनीय फोटोग्राफी अनुभव प्रदान गर्छ। ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा औरा स्क्रिन लाइटसँग सुसज्जित छ, जसले सेल्फीहरूलाई अझ उज्यालो र जीवन्त तुल्याउँछ।

प्राविधिक प्रगतिमा भिभोको प्रतिबद्धतालाई अनुसरण गर्दै, भिभो वाई २८ ले स्मार्टफोनले के गर्न सक्छ भन्ने सीमाहरूलाई पार गर्छ। भिभो वाई २८ जुलाई ४ देखि सबै भिभो रिटेल स्टोरहरूमा र अनलाइन दराजमार्फत २४,९९९ मा ८/१२८ जीबी र रु. २६,९९९ मा ८/२५६ जीबीमा उपलब्ध हुनेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.