घर बेचेको १८ लाख नपाएपछि घरधनीले लगाए वडा कार्यालयमा ताला

घर बेचेको १८ लाख नपाएपछि घरधनीले लगाए वडा कार्यालयमा ताला
सुन्नुहोस्

डोल्पा : हिमाली जिल्ला डोल्पाको एक वडामा तालाबन्दी गरिएको छ। त्रिपुरासुन्दरी नगरपालिकाको वडा नं १ को कार्यालयमा घरधनीले तालाबन्दी गरेका हुन्।

वडा कार्यालयलाई घर बेचेको छ वर्षसम्म पनि १८ लाख रकम नपाएको भन्दै तालाबन्दी गरिएको घरधनी हरि हमालले बताए।

'घर वडा कार्यालयलाई कूल २४ लाखमा बेचेको हो। त्यसमा नगरपालिका र वडाले बराबर भुक्तानी गर्नुपर्ने लिखित सहमति भएको हो। तर, छ वर्ष बितिसक्दा पनि नगरपालिकाले १२ लाख र वडाले ६ लाख दिन बाँकी छ,' हमालले भने। वडाले हालसम्म छ लाखमात्रै भुक्तानी गरेको उनले उनको भनाइ छ ।

व्यक्तिगत सम्पत्ति आपसी सहमतिअनुसार बेचेको वर्षौं बित्दा पनि भुक्तानी नभएकाले अब कानुनी उपचार खोज्ने उनले बताए। वडाध्यक्ष रामचन्द्र कुलालले वडामा रकम नभएकाले सहमतिअनुसार रकम दिन नसकिएको बताए। वडा सरकारको कार्यालयमै ताला लगाएपछि सर्वसाधारणको सेवा प्रवाह रोकिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.