सञ्चारमाध्यमका लागि उदाहरणीय कार्य गरिने

इजलास

सञ्चारमाध्यमका लागि उदाहरणीय कार्य गरिने
सुन्नुहोस्

मधेस प्रदेशमा सञ्चार क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन प्रदेश सरकारको नीतिअनुसार आमसञ्चार प्राधिकरणको गठन गरिएको हो। मधेस प्रदेश सञ्चार र पत्रकारिताका लागि उर्वर भूमि रहेको सर्वविदितै छ।

आमसञ्चार प्राधिकरणले प्रदेशका सञ्चारकर्मी र सञ्चारमाध्यमका लागि उदाहरणीय कार्यहरू गर्ने सपना बोके पनि सुरुवाती अवस्थामा न कर्मचारी थिए, न कार्यालय। त्यतिबेला कोभिडको समय थियो। आफैंले कार्यालयका लागि भवन खोजेर कर्मचारीबाट काम अगाडि बढाए। एउटै कर्मचारीलाई तीन कार्यालयको जिम्मेवारी थियो।    

null

श्यामसुन्दर यादव

कार्यालय सहयोगी र एक सवारी चालकका साथै आफैंले काम थालेँ। हाकिमबाट हस्ताक्षर गराउन अन्य कार्यालय जानुपर्ने बाध्यता थियो। तै पनि मधेस प्रदेश लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि २०७९ र मधेस प्रदेश पत्रकारहरूको स्वास्थ्य र दुर्घटना बिमासम्बन्धी कार्यविधि २०७९ लामो कसरतपछि मन्त्रिपरिषद्बाट पारित भयो। 

थोरै भए पनि अहिले मधेस प्रदेशका सञ्चारमाध्यमहरूले जनहितका विज्ञापन तथा पत्रकार महिलाको एक लाखको स्वास्थ्य र सात लाखको दुर्घटना बिमा हुँदै आएको छ। पत्रकार महिलालाई साइबर सुरक्षा र आत्मरक्षासम्बन्धी प्रशिक्षणका साथै अनलाइन पत्रकारिता, श्रव्यदृश्य, कृषि पत्रकारिता लगायतका प्रशिक्षणहरू गराउँदै आएका छौं। तालिमलाई व्यवस्थित गर्न बाटो पत्रकारिताको नामक एकीकृत स्रोत पुस्तक निर्माण गरेका छौं। यस अतिरिक्त आमसञ्चार प्राधिकरणमै हालसम्म ४३ अनलाइन सञ्चारमाध्यम दर्ता एवं नवीकरण हुँदै आएको छ। आगामी आवदेखि अनलाइनले पनि लोककल्याणकारी विज्ञापन पाउने भएका छन्।

आगामी आवमा प्रदेशका सम्पूर्ण पत्रकारको बिमा, पत्रकारिता अध्ययन छात्रवृत्ति, प्रेस प्रतिनिधि प्रमाणपत्र, पत्रकारितासम्बन्धी अध्ययन–अनुसन्धान, तालिम, क्षमता अभिवृद्धि, प्रबद्र्धन एवं प्रोत्साहनमुलक कार्यहरू अगाडि बढाउने जमर्को गरेका छौं।  

(यादव आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष हुन्।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.